Trending
Prev Story
Next Story

ठेलामा मम-चाउमिन हुँदै ६ करोड लगानीको ‘ड्याडिज केक’

Onlinekhabar •
November 09, 2026 • 11:30 AM
1
1 reads 0 reactions

२३ कात्तिक, बुटवल । कुनै समय ठेलामा मम र चाउमिन बेचेर व्यवसाय थालेका कमलजंग कुँवरले एक दशकमै झन्डै ३० आउटलेट सहित चेन रेस्टुरेन्ट साम्राज्य खडा गरेपछि अहिले नयाँ व्यवसायका रूपमा ६ करोड लगानीमा ‘ड्याडिज केक’ …

ठेलामा मम-चाउमिन हुँदै ६ करोड लगानीको ‘ड्याडिज केक’

२३ कात्तिक, बुटवल । कुनै समय ठेलामा मम र चाउमिन बेचेर व्यवसाय थालेका कमलजंग कुँवरले एक दशकमै झन्डै ३० आउटलेट सहित चेन रेस्टुरेन्ट साम्राज्य खडा गरेपछि अहिले नयाँ व्यवसायका रूपमा ६ करोड लगानीमा ‘ड्याडिज केक’ सञ्चालनमा ल्याएका छन् ।

अर्घाखाँचीमा जन्मे हुर्केका ३७ वर्षीय कुँवर सानैदेखि नयाँ सपना बुन्ने र त्यसलाई सफलतामा बदल्न सिपालु प्रमाणित भएका छन् ।

अरूको सफलताबाट सिक्ने उनले नेपाली बेकरी उद्योगमा गुणस्तर, प्रविधि र उत्पादनको नयाँ पहिचान स्थापित गर्ने लक्ष्यसहित बुटवलमा ठूलो लगानीमा ‘ड्याडिज केक–द प्रिमियम बेकरी’ सञ्चालनमा ल्याएका हुन् ।

‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं’ नारासहित अघि बढेको ड्याडिज समूह अन्तर्गत यसअघि ड्याडिज किचन, ड्याडिज एक्स्प्रेस, ड्याडिज होटल तथा ड्याडिज हिल्स लगायत व्यवसाय सञ्चालनमा छन् ।

अन्य व्यवसायमा प्राप्त सफलतापछि एक वर्षको अध्ययन अनुसन्धानबाट समूहले  प्रिमियम बेकरी उत्पादन गर्ने गरी ड्याडिज केक सञ्चालनमा ल्याएको हो ।

फ्रेन्च बेकरी परम्पराबाट प्रेरित उत्पादन शैली, आधुनिक इटालियन बेकरी उपकरण, गुणस्तरीय कच्चापदार्थ र दक्ष जनशक्ति संयोजनमा ड्याडिज ग्रुपले स्थापना गरेको ड्याडिज केकले बुटवलबाट प्रिमियम बेकरी ब्रान्ड यात्रा सुरु गरेको कुँवरले बताए ।

नेपालमै अन्तर्राष्ट्रियस्तरको बेकरी उत्पादन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्य सहित स्थापना गरिएको यस ब्रान्डले ब्रेड, फ्रेन्च पेस्ट्री, केक, कुकिज, चिज केक तथा विशेष कफी र पेय पदार्थ एउटै छानामुनि उपलब्ध गराउन थालेको कुँवरले बताए ।

नेपाली बजारमा बेकरी उत्पादनको गुणस्तर, स्वाद, प्रस्तुति र उपभोक्ता अनुभवल नयाँ स्तरमा पुर्‍याउन र बेकरी उद्योगमा नयाँ परिभाषा स्थापित गर्र्न ठूलो लगानी गरेको उनले बताए ।

कुँवरको दाबी अनुसार बेकरी उद्योगमा नेपालमा भएको यो लगानी सम्भवत: सबैभन्दा ठूलो हो ।

गुणस्तरीय कच्चापदार्थ प्रयोग, उत्पादन प्रक्रियामा पारदर्शिता र स्वादमा एकरूपता ल्याई प्रतिस्पर्धी मूल्यमै ग्राहकलाई उच्च गुणस्तरको बेकरी पस्कने प्रतिबद्धता उनको छ ।

अनावश्यक कृत्रिम सामग्री प्रयोग नगरी खाद्य सुरक्षा, स्वच्छता र ग्राहक सन्तुष्टि प्राथमिकता दिई नेपालमै अन्तर्राष्ट्रियस्तरको बेकरी उत्पादन सम्भव छ भन्ने उदाहरण स्थापित गर्न चाहेको उनले बताए ।

‘नेपालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तर र स्वादका बेकरी उत्पादन तयार गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्नु हाम्रो प्रमुख उद्देश्य हो,’ कुँवरले भने, ‘बेकरी उत्पादनमा नेपालमा भएको यो लगानी सम्भवत: सबैभन्दा ठूलो हो, हामीले उत्पादनमा प्रयोग हुने सामग्रीदेखि बनाउने प्रविधि र ग्राहकले प्राप्त गर्ने सेवासम्म हरेक पक्षमा गुणस्तरमा सम्झौता गरेका छैनौं ।’

ड्याडिज केकले फ्रेन्च बेकरी संस्कृतिमा महत्त्वपूर्ण मानिने आटाको बनावट, फर्मेन्टेसन, तापक्रम व्यवस्थापन र बेकिङ सिप आधुनिक प्रविधिसँग जोडेको छ । उत्पादनमा फ्रेन्च बेकरीमा प्रयोग हुने टी ४५ र टी ५५ ग्रेडका पिठोसहित विशेष सामग्री प्रयोग गर्ने फ्रान्सबाट झिकाइएका नेपाली सेफ नवाङ शेर्पाले बताए ।

त्यस्तै बटर आवश्यक पर्ने उत्पादनमा ननडेरी फ्याट वा मार्जारिनको सट्टा वास्तविक बटरलाई प्राथमिकता दिइएको शेर्पाले बताए । ‘बेकरी उत्पादनमा वास्तविक र गुणस्तरीय कच्चापदार्थ प्रयोग गर्ने नीति लिइएको छ, अप्राकृतिक रङ, ग्लेजिङ सामग्री र अनावश्यक कृत्रिम सामग्री प्रयोग गर्दैनौं,’ सेफ शेर्पाले भने, ‘बेकरी उत्पादन सूची पनि विविध र विशेष प्रकृतिको छ, आर्टिजन ब्रेड (२४ घण्टाभित्र खपत हुने गरी उत्पादन गरिने) लाई प्राथमिकता दिएका छौं ।’

बेकरीसँगै कम्पनीले कफी संस्कृतिलाई पनि जोडेको छ । उच्च गुणस्तरको बेकरी उत्पादन गरेर बजारमा उपलब्ध अन्य बेकरीसरह प्रतिस्पर्धी मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने अर्का सेफ कर्मा सोनामले बताए ।

‘अन्तर्राष्ट्रिय बजारमा विकास भइरहेका नयाँ बेकरी प्रविधि र ग्राहकको रुचि अनुसार उत्पादन निरन्तर परिमार्जन गर्दै लगिने छ, दक्ष प्राविधिक तथा प्रशिक्षित जनशक्ति परिचालन मार्फत उत्पादनमा गुणस्तर र एकरूपता कायम गरेका छौं,’ सेफ सोनामले भने ।

एक वर्षभित्र रुपन्देहीमा १८ मिनी आउटलेट

ड्याडिज केकले बुटवलबाट सुरु भएको व्यवसायलाई रुपन्देहीका विभिन्न स्थान हुँदै देशका प्रमुख सहरसम्म विस्तार गर्ने योजना बनाएको छ । आगामी एक वर्षभित्र रुपन्देहीका विभिन्न स्थानमा १८ वटा मिनी आउटलेट विस्तार गर्ने लक्ष्य कम्पनीको छ ।

पोखरामा नयाँ आउटलेट तथा संरचना विकासको काम अगाडि बढिरहेको र काठमाडौंमा पनि विस्तारका लागि तयारी भइरहेको उनले बताए ।

हाल ६० जनाले प्रत्यक्ष रोजगारी पाएकामा भविष्यमा ५ सय जनाले रोजगारी पाउने गरी आउटलेट विस्तार हुने कुँवरले बताए ।

निकट भविष्यमा चौबिसै घण्टा सञ्चालन हुने गरी बेकरी सेवा सुरु गर्ने योजना पनि कम्पनीको छ । ‘दीर्घकालीन रूपमा उत्पादन, अनुसन्धान तथा विकास, व्यावसायिक तालिम, वितरण र रिटेल नेटवर्क एकीकृत गरी पूर्ण बेकरी इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखिएको छ,’ सञ्चालक कुँवरले भने, ‘हामी नेपालमा बेकरीको नयाँ परिभाषा स्थापित गर्ने लक्ष्यसाथ काम गर्छौं ।’

उपभोक्ता स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर ड्याडिज किचन र ड्याडिज एक्स्प्रेसमा उपलब्ध गराइने गुणस्तरीय खाद्य परिकारका कारण सफलता चुमेको हुँदा ड्याडिज केकमा पनि उच्च गुणस्तरमा सम्झौता नगरिएको कुँवरले बताए ।

ड्याडिज ग्रुप अन्तर्गत अटोमोबाइल, शिक्षा, घरजग्गा तथा मोबाइल र इलेक्ट्रोनिक उपकरण वितरण व्यवसाय पनि सञ्चालनमा छन् ।

ड्याडिज ग्रुपले आफ्नो नयाँ बेकरी परियोजनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने महत्त्वाकांक्षा राखेको छ । सबै व्यवसायमा गरी कुँवरले ग्रुपमा करोडौं लगानी गरिसकेको बताए । उनले विभिन्न व्यवसायबाट भएको नाफा अन्यत्र खर्च र लगानी नगरी सोही व्यवसाय विस्तारमा लगानी गर्ने नीति लिएको बताए ।

दुई वर्षअघि अनलाइनखबर को ‘४० वर्षमुनिका ४० युवा’ मा छनोट भएका सिर्जनशील उद्यमी कुँवर त्यसयता युवा र उद्यामशीलतासँग सम्बन्धित कार्यक्रममा उत्प्रेरक वक्ताका रूपमा निम्त्याइने गरेका छन् ।

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
2w ago
एआई लगानीको दबाबले गुगलको ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य घट्यो

एआई लगानीको दबाबले गुगलको ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य घट्यो

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बढ्दो लगानी र त्यसले मुख्य व्यवसायमा पारेको प्रभावप्रति लगानीकर्ता...

#व्यवसाय #लगानीको
Compare →

Related Stories

Business & Economy
Build #2611