Trending
Prev Story
Next Story

परराष्ट्रमन्त्री खनालद्वारा टर्किएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन

Onlinekhabar •
November 09, 2026 • 09:31 AM
1
1 reads 0 reactions

२३ कात्तिक, टर्किए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएको आन्ताल्यामा सोमबारबाट सुरू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् । नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा …

परराष्ट्रमन्त्री खनालद्वारा टर्किएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन

२३ कात्तिक, टर्किए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएको आन्ताल्यामा सोमबारबाट सुरू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् ।

नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो ।

पभेलियन उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य जोखिम र चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । उनले हिमाली क्षेत्रमा हिउँ, हिमनदी तथा जमेको पानीको प्रणाली (क्रायोस्फियर) मा देखिँदै गएका परिवर्तनका कारण उत्पन्न भइरहेका जोखिमप्रति चिन्ता व्यक्त गरे ।

हालै जलवायु परिवर्तनका कारण भएको विनाशकारी भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकहरूले असमानुपातिक रूपमा ठूलो जोखिम र क्षति बेहोर्नुपरिरहेको उल्लेख गरे ।

परराष्ट्रमन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा क्षति कोषमा प्रभावित मुलुकहरूको सहज पहुँच स्थापित गर्न तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेकोमा जोड दिए । साथै, हिमाली क्षेत्रको संरक्षणसँगै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षाका लागि समेत विश्वव्यापी सहकार्य अपरिहार्य रहेको उनले बताए ।

उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री नीशा मेहता, सङ्घीय संसद् प्रतिनिधिसभाका सदस्य सागर ढकाललगायत विभिन्न क्षेत्रका विशिष्ट प्रतिनिधिहरूले समेत सम्बोधन गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
13h ago
एनआरएनए टर्किएले परराष्ट्रमन्त्री खनाललाई बुझायो ज्ञापनपत्र

एनआरएनए टर्किएले परराष्ट्रमन्त्री खनाललाई बुझायो ज्ञापनपत्र

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संय...

#जलवायु #टर्किए #परराष्ट्रमन्त्री
Compare →
Nagarik News
1d ago
जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन्।

#जलवायु #परराष्ट्रमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611