Trending
Prev Story
Next Story

पोखराले कर्णालीलाई दियो २१८ रनको चुनौती

Nagarik News •
November 09, 2026 • 08:23 AM
1
1 reads 0 reactions

पोखराले कर्णालीलाई दियो २१८ रनको चुनौती दिएको छ । निर्धारित २० ओभरमा पोखराले २१७ रन जोड्यो ।

पोखराले कर्णालीलाई दियो २१८ रनको चुनौती

युवराज सिंह सम्राको आक्रामक शतक र कुशल भुर्तेलको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार कर्णाली याक्ससामु २१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रन बनाएको हो। सम्राले यस सिजनको पहिलो शतक प्रहार गर्दा भुर्तेलले पनि आक्रामक अर्धशतक पूरा गरे।

यससँगै पोखरा यस सिजन २०० रनको आँकडा पार गर्ने पहिलो टोली बनेको छ। एनपीएल इतिहासमा भने यो दोस्रो ठूलो टोलीगत स्कोर हो। यसअघि सन् २०२५ मा भएको दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध नै २२० रन बनाएको थियो।

क्यानडाका ओपनरसमेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेलमै शतक प्रहार गरेका हुन्। उनले ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०० रन पूरा गरेका थिए। कुल ४८ बल खेलेका उनले १०२ रन बनाए।

सम्रा यस सिजन एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। उनी एनपीएलमा पोखराका लागि शतक बनाउने तेस्रो तथा समग्रमा चौथो खेलाडीसमेत बने।

यसअघि एनपीएलको पहिलो संस्करणमा पोखराका आन्द्रे गौसले लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका थिए। दोस्रो संस्करणमा पोखराकै एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध शतक बनाएका थिए।

पोखराले सुरुआतमै ओपनर महेदी हसनलाई गुमाएको थियो। उनले १६ बलमा ५ रन बनाएर आउट भए। त्यसअघि सम्रा र हसनले पहिलो विकेटका लागि २७ रनको साझेदारी गरेका थिए।

हसन आउट भएपछि सम्रा र वान डाउनमा आएका कुशल भुर्तेलले दोस्रो विकेटका लागि १३६ रनको शानदार साझेदारी गर्दै पोखराको इनिङ्स सम्हालेका थिए। यस सिजनको यो तेस्रो शतकीय साझेदारी हो भने कुनै पनि विकेटका लागि उच्च साझेदारीसमेत बनेको छ।

एनपीएल इतिहासमै भने यो दोस्रो उच्च साझेदारी हो। यसअघि सन् २०२४ मा भएको एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।

मार्की खेलाडी भुर्तेलले ३९ बलमा ७ छक्काको मद्दतमा ६२ रन जोडे। सम्रा र भुर्तेलको उत्कृष्ट साझेदारीले पोखरालाई विशाल योगफलतर्फ डोर्‍याएको थियो।

दुवै प्रमुख ब्याटर आउट भएपछि कप्तान चमिका करुणारत्नेले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै पोखरालाई २०० रन पार गराए। उनले केमियो इनिङ्स खेल्दै ११ बलमा ३ चौका र ३ छक्काको मद्दतमा अविजित २५ रन जोडे। यसै खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक ३ रनमा अविजित रहे।

कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। मार्क वाटले एक विकेट लिए।

पोखराले २१७ रनको विशाल योगफल बनाएसँगै कर्णाली याक्सले जितका लागि २० ओभरमा २१८ रन बनाउनुपर्ने भएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ १४:०८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको सामान्य लक्ष्य

कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले साविक विजेता लुम्बिनी लायन्सलाई १०६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेक...

#कर्णाली #दियो #रनको
Compare →
Arthasansar
5h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#रनको
Compare →
Onlinekhabar
6h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#पोखरा
Compare →
Ekantipur
1d ago
लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

#कर्णाली
Compare →

Related Stories

Sports
Build #2611