Trending
Prev Story
Next Story

एनपीएलमा आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

Ekantipur •
November 09, 2026 • 05:02 AM
1
1 reads 0 reactions

कीर्तिपुरमा हुने पहिलो खेलमा चार खेलबाट जितविहीन पोखरा प्लेअफ आशा जोगाउन कर्णालीविरुद्ध जित्नैपर्ने दबाबमा छ।

एनपीएलमा आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

कीर्तिपुरमा हुने पहिलो खेलमा चार खेलबाट जितविहीन पोखरा प्लेअफ आशा जोगाउन कर्णालीविरुद्ध जित्नैपर्ने दबाबमा छ।

काठमाडौँ — तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) अनुसार आज हुने पहिलो खेल मध्याह्न १२:३० बजे मा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तथा दोस्रो खेल अपराह्न ५:०० बजे काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच हुँदैछ ।

यी दुई वटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । ‘प्लेअफ’ पुग्ने झिनो आशा बाँकी राख्न पोखराले आज जित्नैपर्ने दबाबमा छ । चार खेल खेल्दा जितविहीन पोखरा अहिले अङ्क तालिकाको अन्तिममा छ ।

छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा दुईमा जित र दुईमा हारको सामना गरेको छ । आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने काठमाण्डु गोर्खाज अहिले सानदार लयमा छ । दोस्रो स्थानमा रहेको ऊ आज पनि जित निकालेर शीर्ष स्थानमा उक्लिने योजनामा छ ।

उता चितवन पनि आफ्नो अपराजित यात्रा जारी राखेर अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । ऊ अहिले चार खेलबाट पाँच अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलको यस संस्करणमा आठ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #प्लेअफ
Compare →
Hamro Patro News
9h ago
एनपीएल : सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शीर्ष स्थानमा उक्लियो

एनपीएल : सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शीर्ष स्थानमा उक्लियो

काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ । शुक्रबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुर...

#एनपीएल #प्लेअफ
Compare →
Arthasansar
5h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्लेअफ
Compare →
Onlinekhabar
5h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्लेअफ
Compare →

Related Stories

Sports
Build #2611