दिपावलीको उमङ्गसँगै घरआँगन रङ्गीन बनेका छन् । विभिन्न रङ, फूल र प्राकृतिक सामग्री प्रयोग गरी बनाइएका रङ्गोलीले घरको आँगनदेखि सार्वजनिक स्थलसम्म आकर्षक देखिएका छन् । परम्परा, कला र सिर्जनशीलताको संगम बनेको रङ्गोलीले नेपाली संस्कृति र मौलिकताको सुन्दर झल्को दिएको छ ।
लक्ष्मीपूजाका दिन घरआँगन सफा गरी रङ्गोली बनाउने, दीप प्रज्वलन गर्ने र विधिपूर्वक धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने परम्परा छ । घरको प्रवेशद्वारदेखि आँगनसम्म आकर्षक रङ्गोली बनाएर लक्ष्मीको स्वागत गरिएको छ ।
Read full story at source ( gorkhapatraonline.com )