काठमाडौं । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ । लक्ष्मी पूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली बनेको छ।
धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन्। घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका विभिन्न क्षेत्र झिलिमिली देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )