Trending
Prev Story
Next Story

दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

Nagarik News •
November 08, 2026 • 01:07 PM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावलीको उज्यालोले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै एकता र सद्भाव मजबुत बनाउनुपर्ने बताएका छन्।

दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावलीको उज्यालोले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै एकता र सद्भाव मजबुत बनाउनुपर्ने बताएका छन्।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार तथा दीपावलीको पावन अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।

सामाजिक सञ्जालमार्फत शुभकामना जारी गर्दै सभापति थापाले उज्यालो, आत्मीयता र सद्भावको यो पर्वले सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।

‘दियोको उज्यालोले अन्धकार हटाएझैं हाम्रो समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी सद्भाव, एकता र विश्वासलाई अझ बलियो बनाओस्,’ सभापति थापाले भनेका छन्।

पर्वले मुलुकलाई सही दिशातर्फ डोर्‍याउने प्रेरणा दिनुपर्ने उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, ‘यो पर्वले हामी सबैलाई सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा दिओस्। हरेक घरमा खुसी, हरेक मनमा आशा र हाम्रो साझा भविष्यमा समुन्नतिको उज्यालो फैलियोस्।’

सभापति थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: २२ कार्तिक २०८३ १८:५२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावलीको उज्यालोले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै एकता र सद्भाव मजबुत बनाउनुपर्ने बताएका छन्। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार तथा दीपावली...

#गगन-थापा #उज्यालो #निराशा
Compare →
Onlinekhabar
2d ago
सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा

सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा …

#गगन-थापा #गगन #थापा
Compare →

Related Stories

National (Nepal)
Build #2611