Trending
Prev Story
Next Story

बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा २७ वर्षीया युवतीको मृ`त्यु

Nagarik News •
November 08, 2026 • 11:47 AM
1
1 reads 0 reactions

प्रहरीका अनुसार आइतबार दिउँसो २:२० बजे नारायणगोपाल चोकबाट सामाखुशी जाँदै गरेको कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो।

बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा २७ वर्षीया युवतीको मृ`त्यु

काठमाडौंको बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) को मृत्यु भएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो २:२० बजे नारायणगोपाल चोकबाट सामाखुशी जाँदै गरेको कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई उपचारका लागि ग्रिनसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो ३:१७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

स्कुटर चालक सोमबहादुर धामी सामान्य अवस्थामा छन्। दुर्घटनामा संलग्न कार चालक शान्ताकुमारी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८३ १७:३२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारी चोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पिडारी चोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरल...

#स्कुटर #ठक्कर #त्यु
Compare →
Ekantipur
10h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#ठक्कर #वर्षीया #त्यु
Compare →
Onlinekhabar
1d ago
जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु

जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु

२६ कात्तिक, जनकपुरधाम । जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब साढे ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा टिपरले स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक युवकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु …

#ठक्कर #स्कुटर #त्यु
Compare →

Related Stories

Technology
Build #2612