Trending
Prev Story
Next Story

डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

Onlinekhabar •
November 08, 2026 • 11:30 AM
1
1 reads 0 reactions

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट नेपाल आएका यात्रुको आपराधिक गतिविधि पहिचान तथा निगरानी गर्ने क्रममा त्रिभुवन …

डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट नेपाल आएका यात्रुको आपराधिक गतिविधि पहिचान तथा निगरानी गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

शनिबार थाई एयरवेजको उडान नम्बर टीजी ३१९ मार्फत थाइल्यान्डबाट काठमाडौं आएका ३० वर्षीय भारतीय नागरिक जयेश साहेब्रोलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका उनको साथबाट १ किलो ६०० ग्राम गाँजा, एक थान पासपोर्ट र एक थान मोबाइल बरामद गरिएको छ ।

पक्राउ परेका भारतीय नागरिकमाथि लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो थाई गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय सुबोध कुमार रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो गौचरणबाट खटि...

#काठमाडौं #किलो #गाँजासहित
Compare →
Nagarik News
8h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#विमानस्थल #भारतीय
Compare →

Related Stories

National (Nepal)
Build #2611