काठमाडौं । दले दाइ पात्रका कारण चर्चामा आएका कलाकार सुमन कोइरालाको डेब्यू फिल्म तिरिमिरी झ्याइँको पहिलो पोस्टर सार्वजनिक भएको छ । पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले माघ २८ लाई प्रदर्शन मिति घोषणासमेत गरेको छ । पोस्टरमा फिल्मका पाँच शीर्ष कलाकारलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ । पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन् । उनीहरूको अनुहारमा फरकफरक हाउभाउ र भावभङ्गी देखिन्छ । आभास अधिकारीको कथामा यो कमेडी फिल्म बनेको हो । समीरको निर्देशनमा फिल्म बनेको हो ।
Read full story at source ( sutranews.com )