Trending
Prev Story
Next Story

रसुवाको उत्तरगयामा बाढीबाट हताहती हुनेको संख्या यकिन

Onlinekhabar •
November 08, 2026 • 07:31 AM
1
1 reads 0 reactions

२२ कात्तिक, काठमाडौं । भदौ १० गते आएको बाढीबाट रसुवा उत्तरगयामा हताहती हुनेको संख्या यकिन भएको छ । पालिकाभरमा सम्पर्कविहीन भएका मध्ये ११ जनाको मात्रै पहिचान खुलेको छ भने ६५५ जनाको मृत्यु दर्ताको प्रक्रियामा छन् । उत्तरगया …

रसुवाको उत्तरगयामा बाढीबाट हताहती हुनेको संख्या यकिन

२२ कात्तिक, काठमाडौं । भदौ १० गते आएको बाढीबाट रसुवा उत्तरगयामा हताहती हुनेको संख्या यकिन भएको छ । पालिकाभरमा सम्पर्कविहीन भएका मध्ये ११ जनाको मात्रै पहिचान खुलेको छ भने ६५५ जनाको मृत्यु दर्ताको प्रक्रियामा छन् ।

उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालले पालिकाभरको तथ्यांक संकलन गरेर मृत्यु दर्ताको प्रकृया सुरु गरिएको जानकारी गराए । सबैभन्दा बढी मानवीय क्षति उत्तरगयामा वडा नम्बर १ मा भएको छ । पालिक अध्यक्ष अर्यालका अनुसार वडा नम्बर १ मा ३८६ जना मृत्यु दर्ताको प्रक्रियामा छ ।

वडा, पालिकाले सूचना निकालेर बेपत्ताहरुको जानकारी गराउन अनुरोध गरेको थियो । सम्पर्कविहिन भएका परिवारका सदस्यहरुले वडामा आएर बाढीमा परेको जानकारी गराएका थिए । परिवारका सदस्यले दिएको जानकारी अनुसार पालिकाले हताहती हुनेहरुको संख्या यकिन गरेको हो ।

पालिकाले पठाएको संख्याको आधारमा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधीकरणले यकिन गर्दछ । प्राधीकरणले यकिन गरेको तथ्यांकको आधारमा मन्त्रिपरिषद् बैठकले मृतक सरह घोषणा गर्दछ । मन्त्रिपरिषद बैठकले मृतक सरह घोषणा गरेपछि मृतक परिवारले प्राप्त गर्ने सरकारी रकम परिवारको खातामा जम्मा गरिदिने उत्तरगया पालिका अध्यक्ष अर्यालले जानकारी गराए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
12h ago
धार्मिकस्थल उत्तरगया धाम पुननिर्माणको खण्डहर

धार्मिकस्थल उत्तरगया धाम पुननिर्माणको खण्डहर

रसुवा : रसुवा र नुवाकोटको संगमस्थल बेत्रावती जहाँ उत्तरगया गाउँपालिका–५ र विदुर नगरपालिका–१० को सिमाना जोडिएको छ। यो स्थानीय समुदायको कालिका, उत्तरगया, विदुर, किस्पाङ क्षेत्रको घाट (मृत्युपछि अन्त्...

#उत्तरगया #रसुवा
Compare →
Nagarik News
17h ago
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो।

#रसुवा
Compare →

Related Stories

Science & Climate
Build #2611