Trending
Prev Story
Next Story

धरानमा दसैंमा २६ करोडभन्दा बढीको खसीबोका कारोबार

Ekantipur •
October 22, 2026 • 02:00 PM
1
1 reads 0 reactions

दसैंलाई लक्षित गरी धरानस्थित कृषिउपज बजारबाट यस वर्ष २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ । गत वर्षको तुलनामा कारोबार करिब १५ प्रतिशतले बढेको छ ।

धरानमा दसैंमा २६ करोडभन्दा बढीको खसीबोका कारोबार

दसैंलाई लक्षित गरी धरानस्थित कृषिउपज बजारबाट यस वर्ष २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ । गत वर्षको तुलनामा कारोबार करिब १५ प्रतिशतले बढेको छ ।

सुनसरी — दसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ ।

कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

गत वर्ष २०८२ को दसैँमा कृषिउपज बजारबाट रु २३ करोड बराबरको खसीबोका कारोबार भएको थियो । दसैँमा मासुको खपत बढ्ने भएकाले धरानको खसीबोका बजारमा हरेक वर्ष कारोबार बढ्ने गरेको व्यवस्थापक भट्टराईले बताए ।

कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् । धरान कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ । हप्तामा विशेषगरी बिहीबार र शुक्रबारका दिन खसीबोकाको बजार लाग्ने भएकाले उल्लेख्य  सङ्ख्यामा व्यापारी तथा किसान यहाँ आउने गरेका छन् ।

धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, मोरङको कानेपोखरी, बेलबारीसहित तराई क्षेत्रबाट पनि किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि यहाँ आउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए ।

धरानमा खरिद बिक्री हुने खसीबोका छिमेकी देश भारतसम्म निर्यात हुने गरेको बजार व्यवस्थापन समितिले जनाएको छ । कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषिउपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमासमेत योगदान पुर्‍याएको व्यवस्थापक भट्टराईले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
कालीमाटीमा बढ्यो छठ लक्षित व्यापार, तस्बिरमा हेर्नुहोस्

कालीमाटीमा बढ्यो छठ लक्षित व्यापार, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । दसैँ र तिहार सकिएसँगै तराई–मधेससहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । छठ पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार बढेको ...

#दसैँ #लक्षित
Compare →
The Kathmandu Post
1w ago
Nine participants win motorcycles and scooters in Max Tiger’s Dashain campaign

Nine participants win motorcycles and scooters in Max Tiger’s Dashain campaign

The ‘Energized Dashain Dhamaka 2026’ campaign is offering 37 vehicles, including a Proton car, as prizes to consumers across Nepal.

#दसैँ
Compare →
Nagarik News
2w ago
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्।

#दसैँ
Compare →
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →

Related Stories

Business & Economy
Build #2611