Trending
Prev Story
Next Story

रामेछापमा अन्तर वडास्तरीय भलिबल प्रतियोगिता सुरु

Ekantipur •
November 07, 2026 • 11:31 AM
1
1 reads 0 reactions

प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

रामेछापमा अन्तर वडास्तरीय भलिबल प्रतियोगिता सुरु

प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

रामेछाप — रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा जिल्ला अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । जिल्लाका विभिन्न वडाका २५ टोली सहभागी प्रतियोगिता कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

मन्थली नगरपालिका–८ खेलकुद विकास समितिको आयोजनामा तथा वडा कार्यालयको मुख्य प्रायोजनमा सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा जिल्लाका विभिन्न वडाबाट २५ टोलीले प्रतिस्पर्धा गरिरहेको आयोजक समितिका अध्यक्ष सुबम श्रेष्ठले बताए । प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सान्त्वना स्थान हासिल गर्ने टोलीलाई २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र प्रशिक्षकलाई जनही दुई हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

स्थानीय स्तरमा खेलकुदको विकास गर्ने, खेलाडीको प्रतिभा पहिचान गरी प्रोत्साहन गर्ने तथा जिल्लाका विभिन्न वडाबीच आपसी सम्बन्ध र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले बताए ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#अन्तर
Compare →
Hamro Patro News
6d ago
१० औं राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट महिला र पुरुष भलिबल टोली छनोट

१० औं राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट महिला र पुरुष भलिबल टोली छनोट

१० औं राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट महिला र पुरुष भलिबल टोली छनोट जिल्ला भलिबल संघ प्यूठानले भलिबल खेलाडी छनोट गरेको हो । कार्तिक २१, २०८३ शमशेरविक्रम जीसी काठमाडौँ — कर्णाली प्रदेशमा आयोज...

#भलिबल
Compare →

Related Stories

Sports
Build #2611