काठमाडौं । मिडियामाथि नियन्त्रणको प्रयास र पत्रकारितामाथि दबाब सिर्जना गरिएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । शनिबार (कात्तिक २१) युवाको समूहले कालो पोसाक लगाएर ब्यानरसहित प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले प्रेस, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको संरक्षण गर्न माग गरे । प्रदर्शनमा सहभागी पुष्कर बास्तोलाले सरकारले पत्रकारितामाथि प्रहार गर्दै नागरिकको बोल्न पाउने स्वतन्त्रता खोस्ने प्रयास गरेको आरोप लगाए ।
Read full story at source ( baahrakhari.com )