काठमाडौं - प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता नेपाली चाडपर्वहरूको सुन्दर पाटो रहेको बताएका छन् । काग तिहार, धन्वन्तरी जयन्ती र कुकुर तिहारको अवसरमा शुभकामना दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले यमपञ्चकको पहिलो दिन कागलाई सम्मान गर्ने हाम्रो परम्पराले जीवहरूप्रतिको सहअस्तित्व र सद्भावलाई झल्काउने बताएका छन् । उनले प्राचीन कालमा कागलाई शुभ सन्देशवाहकका रूपमा लिइने र दही-भात खुवाएर यमराजसमक्ष शुभ सन्देश पुर्याउने कामना गर्ने प्रचलन रहेको स्मरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )