Trending
Prev Story
Next Story

जलवायु न्याय हाम्रो अधिकार हो, कोप–३१ मा यही आवाज उठाउँछौं : मन्त्री चौधरी

Onlinekhabar •
November 07, 2026 • 04:30 AM
1
1 reads 0 reactions

२१ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा सशक्त रूपमा उठाउने बताएकी छन् । टर्कीको अन्ताल्यामा यही कात्तिक २३ गतेदेखि सुरु हुने …

जलवायु न्याय हाम्रो अधिकार हो, कोप–३१ मा यही आवाज उठाउँछौं : मन्त्री चौधरी

२१ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा सशक्त रूपमा उठाउने बताएकी छन् ।

टर्कीको अन्ताल्यामा यही कात्तिक २३ गतेदेखि सुरु हुने कोप–३१ सम्मेलनमा नेपालले जलवायु वित्त अनुदानका रूपमा पाउनुपर्ने, हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको केन्द्रमा राख्नुपर्ने र जलवायुजन्य विपद्बाट भएको क्षतिको क्षतिपूर्ति प्रभावित समुदायसम्म पुर्‍याउनुपर्ने विषय प्राथमिकताका साथ उठाउने उनले बताइन् ।

रासससँगको अन्तर्वार्तामा मन्त्री चौधरीले जलवायु न्याय नेपालका लागि सहायता वा दया नभई अधिकार भएको बताइन् । ‘हाम्रा लागि जलवायु न्याय कुनै सहायता वा दया होइन, यो हाम्रो निःसर्त अधिकार र विश्वव्यापी दायित्व हो,’ उनले भनिन् ।

उनका अनुसार कोप–३१ मा नेपालले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य, जलवायु अनुकूलन, उत्थानशीलता, हानि तथा नोक्सानीको सम्बोधन र सहज पहुँचयोग्य जलवायु वित्तका विषय उठाउनेछ ।

भोटेकोशी क्षेत्रमा गत भदौ १० गते गएको विनाशकारी बाढीलाई जलवायुजन्य विपद्को उदाहरणका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने नेपालको तयारी छ । उक्त विपद्पछि हानि तथा नोक्सानी कोषले नेपाललाई २ करोड १६ लाख अमेरिकी डलर अनुदान दिने निर्णय गरेको मन्त्री चौधरीले जानकारी दिइन् ।

उनले उक्त रकम पुनःस्थापना र पुनर्निर्माणका लागि पर्याप्त नभए पनि सकारात्मक सुरुआत भएको बताइन् । ‘शून्यप्रायः कार्बन उत्सर्जन गर्ने नेपालले अरूको हरितगृह ग्यास उत्सर्जनको मूल्य चुकाउनुपरेको छ,’ उनले भनिन् ।

मन्त्री चौधरीले हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर विश्वव्यापी औसतभन्दा बढी रहेको उल्लेख गर्दै हिमाललाई विश्वकै साझा सम्पत्तिका रूपमा स्थापित गर्नुपर्ने बताइन् । हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको खानेपानीको स्रोत रहेको भन्दै उनले हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षणलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन् ।

नेपालले जलवायु अनुकूलनका लागि लिने वित्त ऋण नभई अनुदान हुनुपर्ने अडान पनि सम्मेलनमा राख्नेछ । जलवायु वित्तको कम्तीमा ८० प्रतिशत रकम स्थानीय तहका प्रभावित समुदाय, महिला, दलित र आदिवासी जनजातिसम्म पुर्‍याउने संरचना निर्माण भइरहेको उनले बताइन् ।

नेपालले कोप–३१ मा पहिलोपटक छुट्टै पेभिलियन सञ्चालन गर्ने र त्यहाँ ४० भन्दा बढी साइड इभेन्ट आयोजना गर्ने तयारी गरेको छ । सामुदायिक वन, जलवायु स्मार्ट कृषि र स्वच्छ ऊर्जा रूपान्तरणका उपलब्धि प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय साझेदारसँग जलवायु वित्त र प्रविधिका विषयमा छलफल गरिने उनले बताइन् ।

त्यसैगरी, वन संरक्षणलाई कार्बन व्यापार र वनमा आधारित उद्यमशीलतासँग जोडेर स्थानीय समुदायलाई आर्थिक लाभ पुर्‍याउने सरकारको योजना रहेको उनको भनाइ छ ।

मन्त्री चौधरीले कोप–३१ पछि अन्तर्राष्ट्रिय मञ्चमा गरिएका प्रतिबद्धतालाई समयसीमासहितको कार्ययोजनामा रूपान्तरण गरिने र प्राप्त जलवायु वित्तको पारदर्शी तथा नतिजामुखी कार्यान्वयनमा जोड दिइने बताइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा ...

#जलवायु #न्याय #कोप
Compare →
Nagarik News
6h ago
हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा

हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा

बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी हुन्।

#जलवायु #चौधरी
Compare →
Bizshala
7h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप
Compare →
Ekantipur
7h ago
कोप–३१ मा नेपालको जलवायु पैरवीको साझा थलो बन्यो पेभेलियन

कोप–३१ मा नेपालको जलवायु पैरवीको साझा थलो बन्यो पेभेलियन

नेपालले जलवायु परिवर्तनका असर भोगिरहेको भए पनि आफ्ना अनुभव, समस्या, अनुकूलनका सफल अभ्यास र प्रयासलाई अन्तरराष्ट्रिय मञ्चमा पर्याप्त रूपमा प्रस्तुत गर्न पेभेलियन पनि बनाइएको छ ।

#जलवायु #कोप
Compare →

Related Stories

Science & Climate
Build #2611