दाङ, कात्तिक २१ गते । घोराही बजारदेखि करिब १२ किलोमिटर पश्चिम मज्गैगाउँ पुगिन्छ । घोराही–तुलसीपुर सडकखण्डमा पर्ने मज्गैबाट उत्तरतर्फ करिब दुई किलोमिटर अघि बढेपछि पत्रेखोलापारि डाँडामा गन्धर्व बस्ती भेटिन्छ । १२० घरधुरी रहेको यो बस्तीलाई नयाँ बस्तीका रूपमा चिनिन्छ । दसैँतिहारका बेला यो बस्तीको चहलपहल नै फेरिन्छ । रोजगारीका लागि विभिन्न ठाउँमा पुगेका समुदायका सदस्य चाडपर्व मनाउन गाउँ फर्किएपछि बस्तीमा छुट्टै रौनक छाउँछ । अहिले घर घरमा तिहारका रोटी पाकिरहेका छन् । छिमेकी मिलेर रोटी पकाउने र खुसी साट्दै तिहार मनाउने तयारीमा जुटेका छन् ।
कुनै समय तिहारमा रोटी खानसमेत छिमेकी गाउँमा निर्भर रहनुपर्ने गन्धर्व बस्तीमा अहिले आफ्नै घरमा रोटी पाक्न थालेको छ । यो परिवर्तनलाई स्थानीयवासी आत्मनिर्भरताको उदाहरणका रूपमा लिन्छन् । स्थानीय सरिता गन्धर्वका अनुसार अहिले गाउँभरिकाले पालैपालो एकअर्काको घरमा भेला भएर रोटी पकाउने गरेका छन् । टोलभरि सेलरोटी पाकेका छन् ।
Read full story at source ( gorkhapatraonline.com )