Trending
Prev Story
Next Story

झिलिमिली बन्यो धनकुटाको निशान भगवती मन्दिर र परिचयमोड–५२ ढोका सडक

Ekantipur •
November 07, 2026 • 01:32 AM
1
1 reads 0 reactions

तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर र परिचयमोड–५२ ढोका सडक झिलिमिली बत्तीले सिंगारिएपछि साँझपख घुमफिर गर्ने र रमाउनेहरूको चहलपहल बढेको छ।

झिलिमिली बन्यो धनकुटाको निशान भगवती मन्दिर र परिचयमोड–५२ ढोका सडक

तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर र परिचयमोड–५२ ढोका सडक झिलिमिली बत्तीले सिंगारिएपछि साँझपख घुमफिर गर्ने र रमाउनेहरूको चहलपहल बढेको छ।

धनकुटा — तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर र परिचयमोड–५२ ढोका सडक झिलिमिली बत्तीले सिंगारिएपछि साँझपख घुमफिर गर्ने र रमाउनेहरूको चहलपहल बढेको छ। रंगीबिरंगी बत्तीले सिंगारिएका मन्दिर परिसर र सडकमा फोटो खिच्ने तथा टिकटक बनाउनेहरूको भिड लाग्न थालेको छ।

तिहारलाई लक्षित गर्दै स्थानीय युवाहरूको सक्रियतामा दाताहरूबाट आवश्यक रकम जुटाएर मन्दिर परिसर र सडक क्षेत्रमा आकर्षक बत्ती जडान गरिएको हो। बत्ती जडानका लागि नेपाली सेना र ट्राफिक प्रहरीले समेत सहयोग गरेका छन्।

बत्तीले सिंगारिएपछि मन्दिर परिसर र परिचयमोडदेखि ५२ ढोकासम्मको सडक क्षेत्र रातको समयमा झनै आकर्षक देखिएको छ। तिहारको रमझमसँगै उज्यालो बनेको क्षेत्रमा परिवारसहित घुम्न आउने, फोटो खिच्ने र टिकटक बनाउने युवायुवती तथा बालबालिकाको चहलपहल बढेको छ।

तिहारको अवसरमा गरिएको यो सजावटले धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको निशान भगवती मन्दिरको आकर्षण बढाउनुका साथै धनकुटा बजारको रौनकसमेत थपेको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
लक्ष्मी पूजाको साँझ झिलिमिली बन्यो काठमाडौं उपत्यका

लक्ष्मी पूजाको साँझ झिलिमिली बन्यो काठमाडौं उपत्यका

यमपञ्चकको तेस्रो दिन आज साँझ ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरिएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा सजिएको छ। घरघरमा बालिएका दियो, पाला र रंगीचंगी आधुनिक बिजुली बत्तीका...

#बत्ती #झिलिमिली #बन्यो
Compare →
Nagarik News
2d ago
मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ध पाँचतल्ले (न्यातापोल) मन्दिर परिसरमै खुला रूपमा पटाका पड्काइँदा सयौँ वर्ष पुराना ऐतिहासिक काष्ठकला संरचना आगलागीको उच्च जोखिममा परेका छन्।

#मन्दिर #परिसर
Compare →
Onlinekhabar
2d ago
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ । भाइटीकाको अवसरमा बुधबार सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक …

#मन्दिर
Compare →
Arthasansar
2d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#मन्दिर
Compare →

Related Stories

Education & Youth
Build #2611