Trending
Prev Story
Next Story

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

Onlinekhabar •
November 06, 2026 • 02:31 PM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । राप्रपाको बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको उक्त निर्णय गरेको हो । सक्रिय सदस्यको इन्ट्री बुधबार राति बन्द भइसकेको …

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

२० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ ।

राप्रपाको बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको उक्त निर्णय गरेको हो ।

सक्रिय सदस्यको इन्ट्री बुधबार राति बन्द भइसकेको सन्दर्भमा इन्ट्री भएका सदस्यहरुको तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाइसक्नुपर्ने निर्णय समितिको बैठकले गरेको हो ।

त्यस्तै, सदस्यतामा फोटो छुटेको भए कार्तिक २१ सम्ममा फोटो उपलब्ध गराउनुपर्ने अन्यथा सक्रिय सदस्यको आवेदन अस्वीकृृत हुने निर्णय समितिले गरेको छ ।

यसअघिको तालिकामा सामान्य संशोधन गर्दै स्वीकृत भएका सदस्यहरुको नामावली कार्तिक ३० गते प्रकाशन गर्ने निर्णय भएको निर्वाचन समितिले जनाएको छ ।

मंसिर १ गतेभित्र सक्रिय सदस्य उपर दाबी विरोध र नाम सच्याउने मिति तोकिएको छ ।

मंसिर ४ देखि १० गतेभित्र पार्टीको विधान एवं निर्वाचन निर्देशिका बमोजिम योग्य भएका प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरु मध्येबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय भएको हो ।

मंसिर १२ भित्र छनोट भएका महाधिवेशन प्रतिनिधिहरुको फोटो सहितको नामावली केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिलाई पठाउनुपर्ने निर्णय भएको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

२० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । राप्रपाको बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको उक्त निर्णय गरेको हो ।...

#राप्रपा #गतेभित्र #मंसिर
Compare →
Nagarik News
6d ago
विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत

विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत

शर्माले महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र योगदानबाट पार्टीको महाधिवेशन प्रक्रिया सम्पन्न भएको उल्लेख गरे।

#महाधिवेशन
Compare →
Bizshala
1w ago
काठमाडौंमा मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुने, लगानीयोग्य परियोजना प्रस्तुत गरिने

काठमाडौंमा मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुने, लगानीयोग्य परियोजना प्रस्तुत गरिने

काठमाण्डौ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आगामी मंसिर २३ र २४ गते...

#मंसिर
Compare →
Arthasansar
1w ago
कालंगा हाइड्रोको १ लाख ७५ हजार कित्ता सेयरको लकइन अवधि मंसिरमा सकिँदै

कालंगा हाइड्रोको १ लाख ७५ हजार कित्ता सेयरको लकइन अवधि मंसिरमा सकिँदै

कालंगा हाइड्रो लिमिटेडको १ लाख ७५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २६ गते समाप्त हुने भएको छ...

#मंसिर
Compare →
Ekantipur
1w ago
समानान्तर महाधिवेशनलाई तीव्रता दिँदै देउवा पक्ष

समानान्तर महाधिवेशनलाई तीव्रता दिँदै देउवा पक्ष

हामी विधि र न्यायको पक्षमा छौं, कांग्रेसको जुन मूल्य र मान्यता छ, त्यो विचार बोकेका छौं भन्ने साथीहरू सक्रिय हुनुभएको छ, विशेष महाधिवेशनमा सहभागी साथीहरू पनि जोडिनुभएको छ, जोडिने क्रम जारी छ : प्रकाशशरण महत कांग्रेस नेता, देउवा पक्ष

#महाधिवेशन
Compare →

Related Stories

Politics & Governance
Build #2611