Trending
Prev Story
Next Story

झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट

Nagarik News •
November 06, 2026 • 01:38 PM
1
1 reads 0 reactions

बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो ।

झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट

सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब रु २३ लाख ५९ हजार बराबरका पटका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा भित्र्याएका पटका तथा आतिसबाजीजन्य सामग्री विभिन्न समयमा फरक फरक स्थानबाट नियन्त्रणमा लिइएको थियो । बरामद सामग्री शुक्रबार गण परिसरमा खाल्डो खनी नष्ट गरिएको उनले जानकारी दिए।

चाडपर्वका समयमा यस्ता विष्फोटक पदार्थको प्रयोगबाट आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति तथा ध्वनि र वातावरणीय प्रदूषण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अवैध ओसारपसार तथा बिक्री वितरण नियन्त्रणलाई प्राथमिकतामा राखिएको कर्माचार्यले बताए।

पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पार्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता सामग्री प्रयोग नगर्न उनले जिल्लावासीलाई आग्रह गरे। बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो ।

यसअघि कात्तिक १० गते पनि सशस्त्र प्रहरीले रु तीन लाख १६ हजार ५९० बराबरका पटका बरामद गरी नष्ट गरेको थियो ।

प्रकाशित: २० कार्तिक २०८३ १९:२३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
झापामा २५ लाखभन्दा बढी मूल्यको भारतीय फूलमाला बरामद गरी नष्ट

झापामा २५ लाखभन्दा बढी मूल्यको भारतीय फूलमाला बरामद गरी नष्ट

झापा- सशस्त्र प्रहरी बल, नेपालले झापाको भद्रपुरबाट ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको भारतीय फूलमाला बरामद गरी नष्ट गरेको छ।

#झापा #बरामद #नष्ट
Compare →
Onlinekhabar
4d ago
पटकाबाट जोगिनुहोला गर्भवती, हुन सक्छ दीर्घकालीन असर

पटकाबाट जोगिनुहोला गर्भवती, हुन सक्छ दीर्घकालीन असर

प्रतिबन्धित भनिए पनि अहिले पटका यसरी पड्काउने गरिएको छ, मानौँ यहाँ ठूलै युद्ध भइरहेको छ । पटकालाई उत्सवसँग जोडेर पड्काउने कुरा कति ठीक हो ? सांस्कृतिक पाटोबाट यसको बहस फरक होला । तर, यसले गर्भवती …

#पटका
Compare →
Ekantipur
1d ago
झापामा सिटी सफारीको ठक्करबाट वृद्धको मृत्यु

झापामा सिटी सफारीको ठक्करबाट वृद्धको मृत्यु

मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा दुर्घटना भएको हो ।

#झापा
Compare →

Related Stories

Technology
Build #2611