Trending
Prev Story
Next Story

एम.ए.डब्ल्यू. अर्थमुभर्स प्रालिद्वारा नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा हस्तान्तरण

Arthasansar •
November 06, 2026 • 11:34 AM
1
1 reads 0 reactions

नेपालमा JCB निर्माण तथा हेभी इक्युपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्ल्यू. अर्थमुभर्स प्रा. लि. ले पश्चिम नेपालका ग्राहकहरूका लागि आफ्नो उत्पादनको दायरा...

एम.ए.डब्ल्यू. अर्थमुभर्स प्रालिद्वारा नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा हस्तान्तरण

नेपालमा JCB निर्माण तथा हेभी इक्युपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्ल्यू. अर्थमुभर्स प्रा. लि. ले पश्चिम नेपालका ग्राहकहरूका लागि आफ्नो उत्पादनको दायरा विस्तार गर्दै नेपालगञ्जमा JCB AgriMax सार्वजनिक गरेको छ। कम्पनीद्वारा आयोजित "Partner in Progress" कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरिएको हो। होटल सिद्धार्थ, नेपालगञ्जमा आयोजित कार्यक्रममा करिब २५० जना ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ (FCAN) का केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल के.सी., महासंघ केन्द्रीय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल तथा एम.ए.डब्ल्यू. अर्थमुभर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा JCB AgriMax को आधिकारिक अनावरण गर्नुभयो ।

JCB AgriMax सामग्री ह्यान्डलिङ कार्यका लागि डिजाइन गरिएको बहुउपयोगी मेसिन हो। बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्याम्प जस्ता परिवर्तनिय एटाचमेन्टसहितको यो मेसिन कृषि, प्लाईउड उद्योग, आरएमसी तथा क्रसर प्लान्ट, ढुंगा-गिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योग, साथै प्लान्ट एन्ड हायर व्यवसाय लगायत विभिन्न क्षेत्रमा उपयोगी रहेको छ ।

कार्यक्रममा JCB 3DX Super, JCB 225 LCM Excavator तथा JCB Genset पनि प्रदर्शनमा राखिएका थिए। यी उत्पादनहरूले निर्माण, अर्थमुभिङ तथा विद्युत् उत्पादनसम्बन्धी विभिन्न आवश्यकताका लागि JCB का विविध समाधानहरू प्रस्तुत गरेका थिए ।

१० जना ग्राहकलाई मेसिन हस्तान्तरण कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा १० जना ग्राहकलाई JCB मेसिन हस्तान्तरण गरिएको थियो। एम.ए.डब्ल्यू. अर्थमुभर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकहरूलाई मेसिनको साँची हस्तान्तरण गर्नुभयो । यस हस्तान्तरणले JCB उत्पादनप्रति ग्राहकहरूको निरन्तर विश्वास र पश्चिम नेपालमा स्थापित सुदृढ व्यावसायिक साझेदारीलाई प्रतिबिम्बित गरेको छ ।

कार्यक्रममा बोल्दै एम.ए.डब्ल्यू. अर्थमुभर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले भन्नुभयो, “JCB AgriMax को सार्वजनिकसँगै हामीले पश्चिम नेपालका विभिन्न व्यवसायका लागि बहुउपयोगी र प्रभावकारी समाधानहरू अझ नजिक पुर्याउने प्रयास गरेका छौँ। हाम्रो विविध उत्पादन पोर्टफोलियो र आज १० वटा मेसिन हस्तान्तरण हुनुले ग्राहकहरूले JCB प्रति देखाउनु भएको विश्वासलाई प्रतिबिम्बित गर्दछ । भरपर्दो उत्पादन, गुणस्तरीय सेवा र निरन्तर सहयोगमार्फत ग्राहकहरूसँगको साझेदारीलाई अझ सुदृढ बनाउँदै उहाँहरूको व्यावसायिक प्रगतिमा साथ दिन हामी प्रतिबद्ध छौँ ।”

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. द्वारा नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा JCB मेसिन ग्राहकलाई हस्तान्तरण

एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. द्वारा नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा JCB मेसिन ग्राहकलाई हस्तान्तरण

काठमाडौं- नेपालमा JCB निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. ले पश्चिम नेपालका ग्राहकहरूका लागि आफ्नो उत्पादनको दायरा विस्तार गर्दै नेपालगञ्जमा JCB AgriMa...

#jcb #agri #max
Compare →
Bizshala
1w ago
नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा मेसिन ग्राहकलाई हस्तान्तरण

नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा मेसिन ग्राहकलाई हस्तान्तरण

काठमाण्डौ । नेपालका लागि JCB निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.ले...

#jcb #agri #max
Compare →
Nagarik News
1w ago
फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो ।

#वटा #हस्तान्तरण
Compare →

Related Stories

Business & Economy
Build #2611