Trending
Prev Story
Next Story

देउवा पक्षको डडेलधुरा सभापतिमा डिल्लीराज जोशी सर्वसम्मत

Onlinekhabar •
November 06, 2026 • 10:00 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले डडेलधुराको जिल्ला सभापतिमा डिल्लीराज जोशीलाई सर्वसम्मत चयन गरेको छ । पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको आठौं जिल्ला अधिवेशनबाट जोशीलाई सर्वसम्मत सभापति चयन गरेको चुनदेवी सम्पर्क कार्यालयले जनाएको छ …

देउवा पक्षको डडेलधुरा सभापतिमा डिल्लीराज जोशी सर्वसम्मत

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले डडेलधुराको जिल्ला सभापतिमा डिल्लीराज जोशीलाई सर्वसम्मत चयन गरेको छ ।

पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको आठौं जिल्ला अधिवेशनबाट जोशीलाई सर्वसम्मत सभापति चयन गरेको चुनदेवी सम्पर्क कार्यालयले जनाएको छ ।

यस्तै, उपसभापतिमा सन्तोष देउवा र पृथ्वीराज भट्ट चयन भएका छन् । सचिवमा पाँच जनाको उम्मेदवारी परेको एक उम्मेदवारले जानकारी दिएका छन् ।

सभापतिमा चयन भएका जोशी १४ औं महाधिवेशनमा उपसभापतिमा निर्वाचित भएका थिए । उनी अमरगढी नगरपालिकाका मेयर पनि हुन् ।

पछिल्लो समय उनलाई देउवा समूहले डडेलधुराको संयोजक बनाएर अधिवेशन प्रक्रिया अघि बढाएको थियो ।

चुनदेवीका अनुसार प्रदेश ‘क’ को सभापतिमा तारा खड्का र ‘ख’ को सभापतिमा भोजराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
उदयपुरमा देउवा पक्षीय कांग्रेसको सभापतिमा बस्नेत सर्वसम्मत

उदयपुरमा देउवा पक्षीय कांग्रेसको सभापतिमा बस्नेत सर्वसम्मत

नियमित महाधिवेशनपक्षधर नेपाली कांग्रेस उदयपुरको सभापतिमा बसन्त बस्नेत सर्वसम्मत चयन भएका छन्। बिहीबार सदरमुकाम गाईघाटमा आयोजित १५औँ जिल्ला अधिवेशनले त्रियुगा नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेतलाई ...

#चयन #सर्वसम्मत #देउवा
Compare →
Nagarik News
1w ago
इतर कांग्रेस खोटाङको सभापतिमा रोजन सर्वसम्मत

इतर कांग्रेस खोटाङको सभापतिमा रोजन सर्वसम्मत

संस्थापनइतर नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा रोजन राई सर्वसम्मत चयन भएका छन्। बुधबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले राईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

#चयन #सर्वसम्मत #सभापतिमा
Compare →
Ekantipur
1w ago
कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध

कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध

नेपाली कांग्रेसको इतर समूहले सिन्धुपाल्चोक जिल्ला सभापतिमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतलाई सर्वसम्मत चयन गरेको छ।

#चयन #देउवा #सभापतिमा
Compare →

Related Stories

World News
Build #2611