Trending
Prev Story
Next Story

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालले गरे भेट, के भयो कुराकानी ?

Nagarik News •
November 06, 2026 • 06:52 AM
1
1 reads 0 reactions

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले भेटवार्ता गरेका छन्।

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालले गरे भेट, के भयो कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले भेटवार्ता गरेका छन्।

आज राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए।

त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले राष्ट्रपति पौडेललाई अवगत गराए।

भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो।

सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराए।

यसैगरी, सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग सम्माननीय राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाका विषयमा पनि सभामुख अर्यालले जानकारी गराए।

भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताए।

संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका कामकारबाहीका विषयमा समेत चासो राखे।

भेटमा अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो।

प्रकाशित: २० कार्तिक २०८३ १२:३७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
राष्ट्रपतिद्वारा सर्वाेच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वाेच्च अदालतमा चार न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उच्च अदाल...

#राष्ट्रपति #पौडेल
Compare →
Ekantipur
11h ago
राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

#राष्ट्रपति #पौडेल
Compare →
Arthasansar
10h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#राष्ट्रपति #पौडेल
Compare →
Bizshala
10h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#राष्ट्रपति #पौडेल
Compare →
Onlinekhabar
6h ago
सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् । कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा …

#पौडेल
Compare →

Related Stories

Politics & Governance
Build #2611