Trending
Prev Story
Next Story

सिनेमा हलमा कृत्रिम भिड

Hamro Patro News •
November 06, 2026 • 01:44 AM
1
1 reads 0 reactions

पछिल्लो समय नेपाली सिनेमालाई दर्शकले रुचाइरहे पनि चलचित्र हलमा कृत्रिम भिड हुने गरेको तथ्य बाहिरिएको छ । केही समययता नेपाली चलचित्रको प्रचारमा पहिलो सोमै हल भरिएको देखाउने होड बढ्दै गएको हो । निर्म...

1 / 2
Swipe Photos

पछिल्लो समय नेपाली सिनेमालाई दर्शकले रुचाइरहे पनि चलचित्र हलमा कृत्रिम भिड हुने गरेको तथ्य बाहिरिएको छ । केही समययता नेपाली चलचित्रको प्रचारमा पहिलो सोमै हल भरिएको देखाउने होड बढ्दै गएको हो । निर्माता वा चलचित्र निर्माण समूहले टिकट खरिद गरेर वितरण गर्ने, चिनजानका व्यक्तिलाई निःशुल्क चलचित्र देखाउने तथा हलमै प्रतिक्रिया लिएर सामाजिक सञ्जालमा प्रचार गर्ने अभ्यास बढेको चलचित्र क्षेत्रका सरोकारवालाको भनाइ छ । यही कृत्रिम उत्साहलाई ‘हाउसफुल’ र दर्शकको व्यापक रुचिका रूपमा प्रस्तुत गरिँदा चलचित्रको वास्तविक व्यापार र प्रचारबिचको अन्तरबारे बहस सिर्जना हुन थालेको छ ।

चलचित्र प्रदर्शनको पहिलो दिन नै हलमा दर्शकको चहलपहल हुने, सामाजिक सञ्जालमा भरिभराउ हलका तस्बिर र भिडियो बाहिरिने र चलचित्र हेरेर निस्किएका दर्शकका उत्साहपूर्ण प्रतिक्रिया सार्वजनिक गर्दै केही समयमै चलचित्रले दर्शकको मन जितेको दाबी गरिनु सिनेमा क्षेत्रको विद्यमान अवस्था हो । पर्दापछाडि भने निर्माता स्वयम्ले टिकट किनेर सिनेमा चलाउनुपर्ने तथ्य केही समयअघि निर्माता विनोद पौडेलले सार्वजनिक गर्नुभएको हो । अभिनेतृ तथा निर्माता रेखा थापा चलचित्रलाई कृत्रिम रूपमा ‘हाउसफुल’ देखाउने क्रम बढ्नु भनेको अस्वस्थ प्रतिस्पर्धा र आत्मरतिसँग जोडिएको बताउनुहुन्छ । चलचित्रको टिकट बिक्री ‘राताम्मे’ देखिएमा दर्शक आकर्षित हुने विश्वासमा यस्तो अभ्यास भइरहेको भए पनि यसले विकृति निम्त्याएको उहाँको भनाइ छ । “फिल्म पनि आफैँ बनाउने, टिकट पनि आफैँ किन्ने र अर्कालाई देखाउन आफ्नो चलचित्र हिट भएको दाबी गर्ने होड चलेको छ,” उहाँले भन्नुभयो, “यसले कसैलाई कहीँ पुर्‍याउँछ जस्तो लाग्दैन ।”

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1d ago
बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

बाटुलो जून: अनमोलको फरक लुक्सको चर्चा, बक्स अफिसमा पहिलो दिन डेढ करोडको व्यापार

भुवन केसीको निर्माण तथा निर्देशन रहेको चलचित्रले देशभरका सिनेमा हलमा उत्साहजनक दर्शक उपस्थिति पाएको हो।

#चलचित्र #दर्शक
Compare →

Related Stories

Technology
Build #2611