Trending
Prev Story
Next Story

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

Nagarik News •
November 06, 2026 • 01:13 AM
1
1 reads 0 reactions

नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ।

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ।

चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ। सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा विशेष निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारका समयमा बालिने दियो, बत्ती तथा पटाकाबाट हुनसक्ने आगलागी र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिए।

उनका अनुसार देउसी–भैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ। त्यस्तै, पटकालगायतका प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका, भन्सार क्षेत्र र बजारमा विशेष ‘चेकिङ’ टोली परिचालन गरिएको छ।

प्रहरीले पटका नपड्काउन, जुवातास तथा सट्टेबाजी नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन स्थानीय रेडियो, पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत सचेतनामूलक सूचना प्रवाह गरिरहेको छ। जुवातास तथा अन्य अवाञ्छित गतिविधि हुनसक्ने सम्भावित क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।

चाडपर्वका अवसरमा आयोजना हुने र्याली, जुलुस तथा शोभायात्राका क्रममा दुई समुदायबीच हुनसक्ने विवाद र झडप न्यूनीकरण गर्न सुरक्षा व्यवस्था थप मजबुत पारिएको प्रवक्ता काफ्लेले बताए। राति अबेरसम्म चर्को आवाजमा डिजे तथा साउण्ड सिस्टम बजाउने, पटका पड्काउने र आतिशबाजी गर्ने गतिविधिबाट वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई पर्नसक्ने असरलाई ध्यानमा राखेर निगरानी बढाइएको उनको भनाइ छ।

चाडपर्वका नाममा अनियन्त्रित रूपमा मादक पदार्थ सेवन गर्ने तथा जुवातास खेल्ने प्रवृत्तिले घरेलु हिंसा, कुटपिट र व्यक्तिगत झगडाका घटना हुनसक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको छ। साथै, मेला तथा सार्वजनिकस्थलमा प्लास्टिक, फूलमाला र पूजा सामग्रीको अव्यवस्थित विसर्जनबाट हुने जल तथा स्थल प्रदूषण रोक्न सम्बन्धित पक्षसँग समन्वय गरी सचेतना फैलाउने काम भइरहेको छ।

प्रवक्ता काफ्लेले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव साथमा रहेको बताए।

तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व भएकाले यसलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीले सबैमा आग्रह गरेको छ। पटका तथा आतिशबाजीको प्रयोगबाट आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

कुनै स्थानमा आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न तथा घाइतेको शीघ्र उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गर्न प्रहरीले आग्रह गरेको छ। अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको देखेमा प्रहरीको हटलाइन १०० मा जानकारी गराउनसमेत अनुरोध गरिएको छ।

प्रकाशित: २० कार्तिक २०८३ ०६:५८ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

काठमाण्डु – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यमनको हुथी समूहले साउदी अरेबियामाथि गरेका आक्रमण र व्यापारिक जहाजहरूलाई दिएको धम्कीको कडा निन्दा गर्दै समूहलाई सैन्य गतिविधि तत्काल र बिनासर्त रोक्...

#सुरक्षा
Compare →
Ekantipur
12h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#सुरक्षा
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सुरक्षा
Compare →

Related Stories

National (Nepal)
Build #2611