Trending
Prev Story
Next Story

मधुपर्कको सम्पादकमा भट्टराई, मुनामा अधिकारी

Hamro Patro News •
November 06, 2026 • 12:31 AM
1
1 reads 0 reactions

काठमाडौँ, कात्तिक २० गते । गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्क मासिकको सम्पादकमा केदारप्रसाद भट्टराई नियुक्त हुनुभएको छ । गोरखापत्र दैनिकमा हाल अर्थबजार ब्युरो प्रमुख तथा गोरखापत्र एकेडेम...

1 / 2
Swipe Photos

काठमाडौँ, कात्तिक २० गते । गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्क मासिकको सम्पादकमा केदारप्रसाद भट्टराई नियुक्त हुनुभएको छ । गोरखापत्र दैनिकमा हाल अर्थबजार ब्युरो प्रमुख तथा गोरखापत्र एकेडेमीका निर्देशक रहनुभएका कार्यकारी सम्पादक भट्टराईलाई संस्थान व्यवस्थापनले मधुपर्कको सम्पादकमा नियुक्त गरेको हो । संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलले कात्तिक २७ गतेदेखि लागु हुने गरी उहाँलाई सो जिम्मेवारी दिनुभएको हो ।

२०४८ सालदेखि पत्रकारितामा आबद्ध भट्टराई २०५५ साल मङ्सिर २८ गतेदेखि गोरखापत्र दैनिकमा (छैटौँ तह) सहायक सम्पादक पदमा नियुक्त हुनुभएको थियो । गोरखापत्रमा प्रमुख समाचारदाताको भूमिकामा काम गर्नुभएका उहाँले गोरखापत्र डिस्कोर्स–२०८२ को संयोजन गर्नुभएको थियो । यसैबिच गोरखापत्र संस्थान व्यवस्थापनले बालबालिकाका लागि सहप्रकाशन मुना मासिकको निमित्त सम्पादकमा प्रकृति अधिकारीलाई नियुक्त गरेको छ । कात्तिक १८ गते बुधबारदेखि लागु हुने गरी उहाँलाई सो जिम्मेवारी दिइएको हो । यसअघि उहाँ मुना मासिकमा सहसम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो । शिक्षा बिटमा लामो समय पत्रकारिता गर्नुभएका अधिकारी २०६६ माघदेखि गोरखापत्रमा स्थायी रूपमा आबद्ध हुनुहुन्छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6d ago
गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गायिका भट्टराईलाई इटहरीको राष्ट्रिय जागृति क्लबले स्रष्टा सम्मान प्रदान गरेको हो ।

#भट्टराई
Compare →
Nagarik News
1w ago
विधि विपरीत आइजिपी हटाइएको भए गलत: पूर्वप्रधानमन्त्री भट्टराई

विधि विपरीत आइजिपी हटाइएको भए गलत: पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर विधि र प्रक्रिया विपरीत भएको भए त्यो गलत हुने बताएका छन्।

#भट्टराई
Compare →
Onlinekhabar
1w ago
देश ठूलो संकटतिर उन्मुख भइरहेको छ : डा. बाबुराम भट्टराई

देश ठूलो संकटतिर उन्मुख भइरहेको छ : डा. बाबुराम भट्टराई

१५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भैरहेको बताएका छन् । ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता’ रहेको भनेर उनले …

#भट्टराई
Compare →

Related Stories

Technology
Build #2612