Trending
Prev Story
Next Story

दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन

Onlinekhabar •
November 05, 2026 • 04:31 PM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ । प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै …

दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन

१९ कात्तिक, काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ ।

प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो ।

सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न बिहीबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ ।

मन्त्रालयका खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन् ।

यस्तै, विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

अनौपचारिक अध्ययनअनुसार ई–एमआईएस प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीका विवरणहरू दोहोरिएका छन् ।

यसरी प्रणालीमा देखिएको दोहोरो प्रविष्टिका आधारमा राज्य कोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोसाक, पाठ्यपुस्तक तथा अन्य सेवा–सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै मन्त्रालयले छानबिन अघि बढाएको जनाएको छ ।

‘हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौँ । यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ,’ शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भने, ‘अब यसबारे थप छानबिन गरेर दोषीलाई कारबाही हुन्छ ।’

गठित समितिले ई–एमआईएस प्रणालीमा यति ठूलो संख्यामा विवरण दोहोरिनुको प्राविधिक कमजोरी वा नियतवश गरिएको बदमासीबारे विस्तृत अध्ययन गर्नेछ ।

गलत तथ्याङ्क पेश गरेर राज्य कोषको दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई हदैसम्मको कारबाहीका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने स्पष्ट कार्यादेश समितिलाई दिइएको छ ।

प्रणालीमा रहेका दोहोरो र फर्जी विवरणहरू हटाएर ई–एमआईएसलाई पूर्ण रूपमा पारदर्शी, सुरक्षित र वास्तविक तथ्याङ्कमा आधारित बनाउन मन्त्रालयले यो कदम चालेको बताएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न समिति गठन

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न समिति गठन

समितिले सात दिनभित्र दुर्घटनाको कारण, सडकको अवस्था र सम्भावित जोखिमबारे अध्ययन गरी प्रतिवेदनसहित दुर्घटना न्यूनीकरणका सुझाव पेस गर्नेछ।

#अध्ययन #गठन
Compare →
Hamro Patro News
5d ago
वीकेभिएमका विद्यार्थी शाहवाज आलमले नेपाललाई दिलाए स्वर्णपदक

वीकेभिएमका विद्यार्थी शाहवाज आलमले नेपाललाई दिलाए स्वर्णपदक

विराटनगर- विराटनगरस्थित वीकेभिएमका विद्यार्थी शाहवाज आलमले थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय ओलम्पयाड अन एस्ट्रोनोमी एण्ड अस्ट्रफिजिक्समा स्वर्णपदक हात पारेका छन्।

#विद्यार्थी
Compare →
Nagarik News
4d ago
विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि

विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि

म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ।

#विद्यार्थी
Compare →

Related Stories

Education & Youth
Build #2611