Trending
Prev Story
Next Story

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

Nagarik News •
November 05, 2026 • 01:29 PM
1
1 reads 0 reactions

नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका सचिव मिश्री सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठस्थित निवास नै पुगेका थिए।

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका सचिव मिश्री सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठस्थित निवास नै पुगेका थिए।

उक्त भेटमा सभापति लामिछानेले आफ्नो विगतमा भएकाे औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिएका थिए। उनले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गरे।

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो। उनीहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल गरेका थिए।

प्रकाशित: १९ कार्तिक २०८३ १९:१४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
भारतीय राजदूत दलेला र परराष्ट्रसचिव राईबीच शिष्टाचार भेटवार्ता

भारतीय राजदूत दलेला र परराष्ट्रसचिव राईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रसचिव अमृतबहादुर राईसँग परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटका अवसरमा परराष्ट्रसचिव राईले राजदूत दलेललाई नेपालका ला...

#शिष्टाचार #भारतीय #सचिव
Compare →
Onlinekhabar
1d ago
उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

२६ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री यादवले बिहीबार …

#शिष्टाचार #भेट
Compare →

Related Stories

Politics & Governance
Build #2611