Trending
Prev Story
Next Story

‘ब्रान्ड नेपाल’ परराष्ट्र नीति र विकासको रणनीतिक सम्पत्ति: परराष्ट्रमन्त्री खनाल

Nagarik News •
November 05, 2026 • 01:22 PM
1
1 reads 0 reactions

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विशिष्ट राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र समकालीन उपलब्धिलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

‘ब्रान्ड नेपाल’ परराष्ट्र नीति र विकासको रणनीतिक सम्पत्ति: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले ‘ब्रान्ड नेपाल’ देशको विकास आकाङ्क्षा र परराष्ट्र नीतिको महत्वपूर्ण रणनीतिक सम्पत्ति भएको बताएका छन्। नेपालको मौलिक पहिचान, सांस्कृतिक विविधता र समकालीन उपलब्धिलाई अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्न सरकार दृढ रहेको उनले सुनाए।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) द्वारा आयोजित ‘ब्रान्ड नेपालः नेसनल एसेट, ग्लोबल न्यारेटिभ्स र स्ट्राटेजिक अपरच्युनिटिज’ विषयक नीतिगत संवाद तथा प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री खनालले उक्त धारणा राखेका हुन्।

‘राष्ट्रको प्रतिष्ठाले लगानीसम्बन्धी निर्णय, कूटनीतिक सम्बन्ध, उपभोक्ताको विश्वास र विश्वमञ्चमा देशको स्थान निर्धारण गर्छ,’ मन्त्री खनालले भने, ‘त्यसैले ब्रान्ड नेपाल हाम्रो विकास आकाङ्क्षा र परराष्ट्र नीतिको अभिन्न हिस्सा हो।’

नेपालको अन्तर्राष्ट्रिय छवि हिमाल र लुम्बिनीमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले अब देशको पहिचानलाई फराकिलो बनाउनुपर्ने आवश्यकता औंल्याए। काठमाडौंको हस्तकला, हिमाली बुनाइ, थारू समुदायको पर्यावरण ज्ञान, मैथिली-भोजपुरी साहित्य र पूर्वी पहाडको किरात परम्परा देशको सामूहिक पहिचानका खम्बा भएको उनको भनाइ थियो।

मन्त्री खनालले नेपाली समुदायको उद्यमशीलता, युवा नवप्रवर्तकका उपलब्धि र विश्वभर छरिएका नेपाली पेसाकर्मीको योगदानले नेपालको छविलाई आधुनिक युगमा नयाँ उचाइ दिएको बताए।

‘हामी नेपालको स्थापित पहिचानलाई अझ समृद्ध बनाउँदै समकालीन उपलब्धि र उदीयमान क्षमतालाई विश्वमाझ प्रस्तुत गर्न चाहन्छौं,’ उनले भने, ‘आफ्नो सम्पदाप्रति आत्मविश्वासी, दृष्टिकोणमा गतिशील र विश्वको प्रगतिमा योगदान पुर्‍याउने राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्ने हाम्रो परिकल्पना छ।’

प्रकाशित: १९ कार्तिक २०८३ १९:०७ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबिच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घी...

#खनाल #परराष्ट्रमन्त्री #परराष्ट्र
Compare →
Onlinekhabar
2h ago
कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

२७ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी टर्किएको अन्ताल्याबाट स्वदेश फर्किएका छन् । नोभेम्बर ९ देखि २० सम्म टर्कीमा आयोजना भइरहेको कोप–३१ का विभिन्न …

#खनाल #परराष्ट्रमन्त्री #परराष्ट्र
Compare →
Ekantipur
3d ago
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनमा न्यून योगदान गर्ने अल्पविकसित मुलुकहरू नै यसका बढ्दो प्रभावबाट सबैभन्दा बढी प्रभावित भएको परराष्ट्रमन्त्री खनालको भनाइ

#खनाल #परराष्ट्रमन्त्री #परराष्ट्र
Compare →
Bizshala
8h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →

Related Stories

Politics & Governance
Build #2611