Trending
Prev Story
Next Story

गगन थापामाथि सरकारले षडयन्त्र गर्न खोजेको कांग्रेसको ठहर, कडा प्रतिवाद गर्ने निर्णय

Hamro Patro News •
November 05, 2026 • 12:57 PM
1
1 reads 0 reactions

काठमाडौं : नेपाली कांग्रेसले सभापति गगनकुमार थापाविरुद्ध भ्रम छर्ने तथा षड्यन्त्र गर्न खोजिएको भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बै...

1 / 2
Swipe Photos

काठमाडौं : नेपाली कांग्रेसले सभापति गगनकुमार थापाविरुद्ध भ्रम छर्ने तथा षड्यन्त्र गर्न खोजिएको भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए। उनले यस विषयलाई संसद् तथा संसदीय समितिमा समेत कडा ढंगले उठाउने बताए। निर्वाचन नजिकिँदै जाँदा डिजाइन नै बनाएर अध्यावधिक र पार्टीको वैधानिकतासँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको उनको उल्लेख थियो। साथै, राज्यले गर्ने छानबिनमा कांग्रेस पछि नहट्ने पनि उनले स्पष्ट पारे। बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा समेत सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूसँग छलफल गर्ने निर्णय गरेको उनले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Onlinekhabar
5d ago
कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल …

#गगन-थापा #कांग्रेस
Compare →
Ekantipur
6d ago
कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चयन भएको शर्माको दाबी

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611