Trending
Prev Story
Next Story

नेतृत्व पक्राउ गर्ने हल्ला सरकारको सुनियोजित षड्यन्त्र : कांग्रेस

Ekantipur •
November 05, 2026 • 01:02 PM
1
1 reads 0 reactions

बिहीबार सानेपामा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकपछि कांग्रेसले अफवाह फैलाउने, निगरानी राख्ने र नेता–कार्यकर्तालाई त्रसित बनाउने प्रयास भइरहेको जनाएको छ ।

नेतृत्व पक्राउ गर्ने हल्ला सरकारको सुनियोजित षड्यन्त्र : कांग्रेस

बिहीबार सानेपामा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकपछि कांग्रेसले अफवाह फैलाउने, निगरानी राख्ने र नेता–कार्यकर्तालाई त्रसित बनाउने प्रयास भइरहेको जनाएको छ ।

काठमाडौं — कांग्रेसले पार्टी नेतृत्वलाई गिरफ्तार गर्न लागिएको भन्दै फैलाइएको हल्लालाई राजनीतिक षड्यन्त्रको संज्ञा दिएको छ । सरकारका गलत क्रियाकलापमाथि प्रश्न उठाउन थालेपछि राज्य संरक्षित गिरोह परिचालन गरेर कांग्रेसविरुद्ध सुनियोजित भ्रम फैलाइएको कांग्रेसको आरोप छ ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले अनधिकृत व्यक्तिको निर्देशनमा कांग्रेसविरुद्ध काल्पनिक र कृत्रिम विषयहरू फैलाउने, त्यसपछि पार्टी नेतृत्वलाई गिरफ्तार गर्न लागिएको भन्दै अफवाह फैलाउने तथा पार्टीका नेता–कार्यकर्तामाथि विभिन्न माध्यमबाट निगरानी राख्ने र त्रसित बनाउने काम भइरहेको निष्कर्ष निकालेको छ ।

बैठकपछि कांग्रेसले जारी गरेको अपिलमा यस्ता गतिविधिलाई राजनीतिक षड्यन्त्रको निरन्तरता भनेको छ । 'घटनाक्रमले यो षड्यन्त्र पछाडिका पात्र, प्रवृत्ति र नियत उजागर गर्दै गएका छन्,' कांग्रेसले भनेको छ ।

कांग्रेसले प्रश्न गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै प्रश्न उठाउने अधिकार कुण्ठित गर्ने प्रयासको प्रतिवाद गर्ने जनाएको छ । 'प्रश्नलाई बन्द गर्न खोज्ने हरेक प्रयत्नका विरुद्ध कांग्रेस सधैँ उभिनेछ,' अपिलमा भनिएको छ ।

कांग्रेसले गिरफ्तारीसम्बन्धी अफवाह र भ्रममा नपर्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गर्दै नागरिकका मुद्दामा केन्द्रित हुन सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस #सरकारको
Compare →
Hamro Patro News
4d ago
६ महिनामै सरकारको पारदर्शीतामाथि प्रश्न उठ्यो : कांग्रेस उपसभापति आचार्य

६ महिनामै सरकारको पारदर्शीतामाथि प्रश्न उठ्यो : कांग्रेस उपसभापति आचार्य

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आचार्यले सरकार गठन भएको ६ महिना नपु...

#कांग्रेस #सरकारको
Compare →
Onlinekhabar
10h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611