Trending
Prev Story
Next Story

पार्टी नेतृत्वविरुद्ध षड्यन्त्र भएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने निर्णय

Onlinekhabar •
November 05, 2026 • 12:30 PM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले …

पार्टी नेतृत्वविरुद्ध षड्यन्त्र भएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने निर्णय

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूले नेपाली कांग्रेस र पार्टी नेतृत्वमाथि भ्रम सिर्जना गर्ने प्रयास गरेको आरोप लगाए । त्यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने उनको भनाइ छ ।

‘राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ । यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ,’ उनले भने ।

त्यस्तै, कांग्रेसले संसद बैठक आह्वानको माग गरिसकेको उल्लेख गर्दै उनले संसद् र संसदीय समितिमार्फत घटनाको वास्तविकता बाहिर ल्याउने बताए । उनका अनुसार पार्टीले निर्वाचनका बेला पार्टीको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिहरूलाई समेत जोडेर पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने काम भएको निष्कर्ष निकालेको छ ।

राज्यले जुनसुकै प्रकारको छानबिन गर्न चाहे पनि कांग्रेस त्यसबाट पछि नहट्ने उनले स्पष्ट पारे ।

‘नेपाली कांग्रेसले संसद् अधिवेशन आह्वानको माग गरिसकेको छ । संसद र संसदीय समितिहरूमा यस विषयलाई गम्भीरतापूर्वक उठाउने निर्णय भएको छ । पार्टी कुनै पनि प्रकारको छानबिनबाट पछि नहट्ने स्पष्ट प्रतिवद्धता व्यक्त गर्दछ,’ उनले भने ।

बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा समेत छलफल गरेको छ । चाडपर्वको समयमा प्रभावित क्षेत्रका नागरिकलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाइएको रसाइलीले जानकारी दिए ।

‘भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा छलफल भएको छ । यसका लागि २० गते दिउँसो २ बजे सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूलाई पार्टी कार्यालयमा बोलाइएको छ । चाडपर्वको समयमा प्रभावित नागरिकलाई पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने निर्णयसमेत भएको छ,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
१८ करोडको आरोपले कांग्रेसमा राजनीतिक भूकम्प! गगनमाथि प्रश्न उठेपछि देउवा आक्रामक, ‘कांग्रेसको सभापति अझै मै हुँ’ भन्दै दिए कडा चुनौती!

१८ करोडको आरोपले कांग्रेसमा राजनीतिक भूकम्प! गगनमाथि प्रश्न उठेपछि देउवा आक्रामक, ‘कांग्रेसको सभापति अझै मै हुँ’ भन्दै दिए कडा चुनौती!

कांग्रेसभित्र नेतृत्वको लडाइँ नयाँ मोडमा, देउवा र गगनबीच शक्ति संघर्ष चर्किँदै; पार्टीको कमान्ड कसले सम्हाल्ने भन्ने विवादले नेतादेखि कार्यकर्तासम्म तरंगित! कांग्रेस कब्जा गर्ने रणनीति कि पार्टी वि...

#कांग्रेस #कडा
Compare →
Nagarik News
5d ago
साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक

साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन्।

#कांग्रेस
Compare →
Ekantipur
11h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611