Trending
Prev Story
Next Story

कांग्रेस आधिकारिकताको लडाइँमा एक सुको लेनदेन भएको छैन : सभापति थापा

Ekantipur •
November 05, 2026 • 10:31 AM
1
1 reads 0 reactions

कांग्रेस सभापति गगन थापाले कांग्रेसको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन नभएको प्रस्ट पारेका छन् ।

कांग्रेस आधिकारिकताको लडाइँमा एक सुको लेनदेन भएको छैन : सभापति थापा

कांग्रेस सभापति गगन थापाले कांग्रेसको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन नभएको प्रस्ट पारेका छन् ।

काठमाडौँ — कांग्रेस सभापति गगन थापाले कांग्रेसको आधिकारिकताको लडाइँमा कुनै पनि आर्थिक लेनदेन नरहेको स्पष्ट पारेका छन् ।

आज एक भिडियो सन्देशमा उनले भनेका छन्, 'हाम्रो पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन ।'

इनम सापकोटाले भनेको भरमा जवाफ दिइरहन जरुरी नभए पनि केही कुरा प्रस्ट पार्न आवश्यक रहेको उनले बताए ।

'हामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो । अनुसन्धनले दूधको दूध पानीको पानी छुट्टिन्छ । हामी त्यसकै प्रतीक्षामा छौं,' उनले भने । यस विषयमा आफूहरुलाई होइन सही ठाउँ प्रश्न सोध्न पनि उनले आग्रह गरे । 'इनम अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्, त्यहाँ सोध्ने हो । अनुसन्धान निष्पक्ष भइरहेको छ छैन भनेर हेर्ने हो । कोको जोडिन्छन्, त्यो खोतल्ने हो,' उनले भने ।

अडियो आएका भरमा विभिन्न नेताहरुसँग संवाद गरेको भन्ने भनाइको पनि उनले खण्डन गरेका छन् । 'पार्टी सभापतिका नाताले विभिन्न दलसँग संवाद जरुरी हुन्छ । अरु नेताहरुलाई जस्तै एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेँ । कुनै कुरा लुकेर गर्नुपर्ने कारण छैन,' उनले भने ।

सभापति थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नउभिएको पनि प्रस्ट पारेका छन् । 'मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन,' उनले भने, 'यति नभई मलाई लड्ने कसरी आँट आउँथ्यो ? आफ्नो पार्टीको सरकार हुँदा त गलत भएका बोल्न छाडिएन ।'

सरकार ५ वर्षका लागि आएकाले आफूलाई सही काममा फोकस रहोस् भन्ने चाहना कांग्रेसको भएको उनले बताए । 'बाढीपीडित, सुकुमबासीको पुनस्थापना भएको छैन । सबैतिर त्रास छ, यसलाई सम्हाल्न सकरार लाग्नुपर्छ,' उनले भने ।

लोकतन्त्रिक संस्थाहरूलाई खुम्च्याउँदा आफूहरु चुप लागेर नबस्ने पनि सभापति थापाले बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #थापा
Compare →
Hamro Patro News
5d ago
तिहारले आपसी एकता र सद्भाव अझ बलियो बनाओस् : कांग्रेस सभापति थापा

तिहारले आपसी एकता र सद्भाव अझ बलियो बनाओस् : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

#गगन-थापा #कांग्रेस #थापा
Compare →
Onlinekhabar
5d ago
कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल …

#गगन-थापा #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611