काठमाडौँ — अमेरिकी मिडटर्म निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूलाई जिताउन विश्वकै धनाढ्य एलन मस्कले खन्याएको करिब ४५ करोड डलर (४५० मिलियन डलर) बालुवामा पानी साबित भएको छ। चुनावी इतिहासमै कुनै एक व्यक्तिले गरेको यो अहिलेसम्मकै ठूलो खर्च भए तापनि यसले डेमोक्र्याट्सहरूको सानदार विजय रोक्न सकेन।
चुनावी नतिजामा सबैभन्दा ठूलो धक्का मस्कको गृहराज्य टेक्ससमा लागेको छ, जहाँ मस्कले ४ करोड ५० लाख डलरभन्दा बढी खर्चिएर समर्थन गरेका रिपब्लिकन उम्मेदवार केन पाक्सटनलाई पराजित गर्दै डेमोक्र्याटिक उम्मेदवार जेम्स टालारिको अमेरिकी सिनेटमा निर्वाचित भएका छन्। मस्कले एरिजोना, मिसिगन, विस्कन्सिन र मिनेसोता लगायतका प्रमुख प्रतिस्पर्धात्मक राज्यहरूमा समेत करोडौँ डलर खर्चेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )