काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा आज तिहारका लागि सुनको असर्फी तथा चाँदीका सिक्का (मेडालियन) बिक्री भइरहेको छ । कार्यालय परिसरमा सुनचाँदीका सिक्का खरिद गर्न पुगेका सर्वसाधारणको चर्को भिड छ ।
सीमित काउन्टर, कमजोर भीड व्यवस्थापन र अव्यवस्थित सेवा प्रवाहका कारण बिहानैदेखि लाइनमा बसेका नागरिकले घण्टौँ कुर्दासमेत सेवा पाउन सकेका छैनन् । सिक्का खरिदका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट सर्वसाधारण काठमाडौं पुगेका छन् । तर, नागरिकको चापअनुसार सेवा व्यवस्थापन गर्न नसक्दा टक्सार महाशाखाको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ ।
Read full story at source ( kendrabindu.com )