Trending
Prev Story
Next Story

मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

Onlinekhabar •
November 05, 2026 • 07:30 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहससँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टले शिष्टाचार भेट गरेका छन् । मन्त्री साहसँग आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवद्र्धन र …

मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहससँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टले शिष्टाचार भेट गरेका छन् ।

मन्त्री साहसँग आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवद्र्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

त्यस क्रममा मन्त्री साहले भोटेकोशी तथा बूढीगण्डकी बाढीपछि खोज, उद्धार र राहतका क्षेत्रमा नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गरेको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति धन्यवाद व्यक्त गरे ।

भेटमा उनीहरूले दुईदेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावना अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा ...

#भेट #साह #राजदूत
Compare →
Nagarik News
1d ago
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेट

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ।

#भेट #साह
Compare →
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

१४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका सतवरियाका ३० वर्षीय सुनिल साह कारागारको पर्खाल नाघेर बिहीबार बिहान भागेका थिए । उनको कैद भुक्तान हुन २ वर्ष मात्रै बाँकी थियो ।

#साह
Compare →

Related Stories

Politics & Governance
Build #2611