Trending
Prev Story
Next Story

जलवायु जोखिममा ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

Ekantipur •
November 05, 2026 • 06:31 AM
1
1 reads 0 reactions

अपांगता भएका, गरिब परिवारका, सीमान्तकृत समुदायका तथा दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बालबालिका बढी जोखिममा रहेको प्रतिवेदनमा जनाइएको छ ।

जलवायु जोखिममा ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

अपांगता भएका, गरिब परिवारका, सीमान्तकृत समुदायका तथा दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बालबालिका बढी जोखिममा रहेको प्रतिवेदनमा जनाइएको छ ।

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले नेपालका बालबालिकामा बढ्दो जलवायु तथा वातावरणीय जोखिम न्यूनीकरण गर्न बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न सरकारलाई सुझाव दिएको छ ।

युनिसेफले आज सार्वजनिक गरेको नयाँ पैरवी प्रतिवेदनमा नेपालका लाखौं बालबालिका जलवायु परिवर्तन, वातावरणीय प्रदूषण तथा विपद्का जोखिमबीच हुर्किरहेको उल्लेख गर्दै त्यसले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा र भविष्यमा गम्भीर असर पारिरहेको जनाएको छ ।  प्रतिवेदनले जलवायु परिवर्तनका कारण बालबालिकाको वर्तमान र भविष्य प्रभावित भइरहेको उल्लेख गर्दै जलवायुसम्बन्धी नीति, बजेट तथा कार्यक्रम निर्माण गर्दा बालबालिकालाई केन्द्रमा राखेर तत्काल कदम चाल्न आग्रह गरेको छ ।

प्रतिवेदनअनुसार नेपालमा ७३ लाख बालबालिका खडेरीको जोखिममा छन् । यसबाट खानेपानी, जीविकोपार्जन, कृषि उत्पादन र पोषणमा असर पर्ने देखिएको छ । यस्तै, ५७ लाख बालबालिका अत्यधिक गर्मीको जोखिममा छन् भने २९ लाख बालबालिका वर्षाजन्य पहिरोको जोखिममा रहेका छन् । अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्य, सिकाइ र दैनिक जीवनमा असर पारिरहेको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनले बालबालिकालाई प्रत्यक्ष जोखिममा पार्नुका साथै उनीहरूका लागि आवश्यक आधारभूत सेवामाथि समेत दबाब बढाइरहेको प्रतिवेदनमा जनाइएको छ ।

'जलवायु संकट क्रमशः बालअधिकार संकटमा परिणत हुँदै गएको छ,' युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाको भनाइ छ, 'जलवायु परिवर्तनको समस्या सिर्जना गर्न बालबालिकाको योगदान नगण्य भए पनि यसको सबैभन्दा गम्भीर असर उनीहरूले भोगिरहेका छन्। बाढी, खडेरी, अत्यधिक गर्मी तथा प्रदूषणका प्रत्येक घटनाले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षामा प्रत्यक्ष असर पारिरहेको छ ।'

प्रतिवेदनले जलवायु सङ्कटको असर सबै बालबालिकामा समान रूपमा नपर्ने उल्लेख गरेको छ । गरिब परिवारका बालबालिका, बालिका, अपाङ्गता भएका बालबालिका, ऐतिहासिक रूपमा सीमान्तकृत समुदायका बालबालिका तथा दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बालबालिका बढी जोखिममा रहेको प्रतिवेदनमा जनाइएको छ ।

यसैबीच, नेपाल सरकारले बालबालिका तथा युवामैत्री जलवायु कार्यलाई अघि बढाउने क्रममा कात्तिक १२ गते सम्पन्न राष्ट्रिय जलवायु सम्मेलनका अवसरमा ‘बालबालिका, युवा तथा जलवायु कार्यसम्बन्धी घोषणापत्र’ औपचारिक रूपमा अनुमोदन गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
जलवायु संकटको रफ्तार तीव्र, हिमाली राष्ट्रको जोखिम थप गम्भीर : गुटेरस

जलवायु संकटको रफ्तार तीव्र, हिमाली राष्ट्रको जोखिम थप गम्भीर : गुटेरस

काठमाडौँ- हाम्रा हिमालय पर्वतश्रृंखलामा हिउँ पग्लिँदै छन्, बाढीपहिरो र अतिवृष्टिको जोखिम बढिरहेको छ, समुद्री सतह उक्लिरहेको छ। जलवायु परिवर्तनका कारण सिर्जित विपद् सामना गर्न विश्वले जति तयारी गरिर...

#जलवायु #जोखिम
Compare →
Nagarik News
16h ago
हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका जोखिम तीव्र रूपमा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन्।

#जलवायु #जोखिम
Compare →
Bizshala
4h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#जलवायु
Compare →
Onlinekhabar
5h ago
जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको …

#जलवायु
Compare →

Related Stories

Business & Economy
Build #2611