Trending
Prev Story
Next Story

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

Onlinekhabar •
November 05, 2026 • 04:01 AM
1
1 reads 0 reactions

१९ कात्तिक, झापा । भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ । समितिका अध्यक्ष रहनुभएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार …

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

१९ कात्तिक, झापा । भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ ।

समितिका अध्यक्ष रहनुभएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूमिहीन दलिततर्फ दुई हजार ८९६ परिवार, भूमिहीन सुकुमवासीतर्फ १५ हजार ७८३ परिवार र सबैभन्दा बढी अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ परिवारको आवेदन परेको छ । यसबाहेक अघिल्ला आयोगबाट कार्य अधुरो र अपुरो रहेका आवेदक परिवारको सङ्ख्या पाँच हजार २९६ रहेको समितिले जनाएको छ ।

जग्गा व्यवस्थापनका लागि राजस्वको दरसमेत परिमार्जन गरिएको प्रजिअ पोखरेलले बताए । नयाँ व्यवस्थाअनुसार आवास प्रयोजनका लागि न्यूनतम मूल्याङ्कनको १२ प्रतिशत र कृषि प्रयोजनका लागि सात प्रतिशत राजस्व दर कायम गरिएको छ ।

हाल भूमि समस्या समाधान समिति झापाले सर्वसाधारणको जग्गासम्बन्धी समस्या यथाशीघ्र समाधान गर्ने लक्ष्यका साथ समितिमा कार्यरत कर्मचारी तथा पदाधिकारी अहोरात्र कार्यसम्पादनमा खटिरहेको उनले जानकारी दिए ।

यसैबीच, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सोमबार र मङ्गलबार जिल्लास्थित विभिन्न पालिकामा रहेका सुकुमवासी परिवारलाई भेटेर वर्तमान सरकारले सुकुमवासी समस्या सधैँका लागि समाधान गर्दै जग्गाको धनीपुर्जा वितरणको तयारी गरिरहेको जानकारी दिएका थिइन् ।

मन्त्री रावलले भूमि समस्या समाधान समिति र पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्दै जग्गाको धनीपुर्जा वितरणलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएकी थिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ।

#जग्गा #भूमिहीन #समितिले
Compare →
Hamro Patro News
1w ago
झापामा जग्गाको धनीपुर्जा माग्दै ६० हजारभन्दा बढी परिवारको आवेदन

झापामा जग्गाको धनीपुर्जा माग्दै ६० हजारभन्दा बढी परिवारको आवेदन

झापा । झापामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबास गर्दै आएका ६० हजार ५७० परिवारले जग्गाको धनीपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् ।

#जग्गा #भूमिहीन #झापा
Compare →
Ekantipur
1w ago
के शिक्षामन्त्रीले भनेजस्तै त्रिविको ७०० रोपनी जग्गा फिर्ता आएको हो ?

के शिक्षामन्त्रीले भनेजस्तै त्रिविको ७०० रोपनी जग्गा फिर्ता आएको हो ?

मन्त्रीले नै अतिक्रमणमा परेको त्रिविको जग्गा फिर्ता भएको घोषणा गरेपछि सोही स्टाटसमा धेरैले प्रश्न सोधेका छन्, कहाँकहाँको कति जग्गा कहिले फिर्ता भयो ? यसरी प्रश्न सोध्नेमा त्रिविकै प्राध्यापक र विद्यार्थीहरूसमेत छन् । तर मन्त्रालय र त्रिविले कहाँ-कहाँको जग्गा कहिले र कसरी फिर्ता भएको हो बताइसकेको छैन् ।

#जग्गा
Compare →
Arthasansar
1w ago
जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ‘नेपाल हाउस’ निर्माणका लागि खरिद प्रक्रियामा रहेको चिबास्थित जग्गा संस्थाले परिकल्पना गरेको परियोजनाका लागि उपयुक्त...

#जग्गा
Compare →

Related Stories

Technology
Build #2611