Trending
Prev Story
Next Story

इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक भार बन्यो : जेडी भान्स

Onlinekhabar •
November 05, 2026 • 04:00 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको सम्पूर्ण दोष इरान युद्धलाई दिएका छन्। सामाजिक सञ्जाल 'एक्स' मा एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । भान्सले लेखेका छन्, 'हामी हार्नुको एउटै कारण …

इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक भार बन्यो : जेडी भान्स

१९ कात्तिक, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको सम्पूर्ण दोष इरान युद्धलाई दिएका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ मा एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् ।

भान्सले लेखेका छन्, ‘हामी हार्नुको एउटै कारण युद्ध हो। राष्ट्रपति आफैँले पनि यो कुरा भनिसक्नुभएको छ। यदि कसैले आगामी ६ वर्षका लागि सिनेट गुमाउनु यो युद्धका लागि उपयुक्त थियो भनेर तर्क गर्छ भने गरोस्, तर हामी किन हार्यौँ भन्ने कुरा सबैलाई थाहा छ।’

भान्सले नेतान्याहु प्रशासनले इरानका विषयमा सबै कुरा गलत आकलन गरेको आरोप लगाउँदै इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक बोझ बनेको दाबी गरेका छन्।

पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भान्सको विश्लेषण ‘धेरै हदसम्म सत्य’ भएको स्वीकार गरे पनि युद्ध आवश्यक रहेको अडान दोहोर्‍याए।

ट्रम्पले भने, ‘हामीसँग अरू कुनै विकल्प थिएन। इरानलाई परमाणु हतियार बनाउन दिन सकिँदैनथ्यो। म युद्ध जुनसुकै बेला अन्त्य गर्न सक्छु, तर यो सही तरिकाले हुनुपर्छ।’

चुनावी परिणामपछि इरानले यसलाई ट्रम्पको राजनीतिक पराजयका रूपमा उत्सव मनाइरहँदा ट्रम्पका निकटस्थ सल्लाहकारहरू भने उनको भावी कदमलाई लिएर अन्योलमा परेका छन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले ट्रम्पको चुनावी हारलाई इरानको रणनीतिक र राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्।

रेजाईले एक्समा लेखेका छन्,’इरानी जनताले ट्रम्पलाई युद्धको मैदानमा, हर्मुजमा र वासिङ्टनमा राजनीतिक रूपमै रणनीतिक पराजय चखाएका छन्।’

‘इन्टरनेसनल क्राइसिस ग्रुप’ का मध्यपूर्व उप-निर्देशक अली वाएजका अनुसार, तेहरानले ट्रम्पको राजनीतिक कमजोरीलाई सैन्य कमजोरी ठानेर उत्साह देखाएमा त्यसले ट्रम्पलाई पुनः युद्धतर्फ धकेल्न सक्छ।

यसैबिच, कतारी मध्यस्थकर्ताहरूले अमेरिका र इरानबिच सम्झौताको खाका तयार पार्न प्रयास गरिरहेका छन् भने अमेरिकी सेनाले इरानमा पुनः ठूलो सैन्य कारबाही सुरु गर्नका लागि आफ्ना अन्तिम तयारीहरू पूरा गरिरहेको अधिकारीहरूले जनाएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
16h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#भान्स #जेडी #इरान
Compare →
Hamro Patro News
15h ago
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन ...

#भान्स #जेडी
Compare →

Related Stories

Politics & Governance
Build #2611