Trending
Prev Story
Next Story

प्लास्टिकजन्य फोहरमैला नबाल्नका कामपाको आग्रह

Nagarik News •
November 05, 2026 • 03:15 AM
1
1 reads 0 reactions

काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ।

प्लास्टिकजन्य फोहरमैला नबाल्नका कामपाको आग्रह

काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणकार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले उक्त कार्य नगर्न नगराउन आग्रह गरेको हो।

खराब वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोग भएका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीत उल्लिखित कार्य नगर्न प्रमुख राईले सम्बद्ध पक्ष सबैलाई आग्रह गरेकी छन्।

विभागका अनुसार सवारीसाधन प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर चलाउने, नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत गरी सवारीसाधनबाट हुने प्रदूषण कम गर्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने, उद्योग कलकारखाना तथा अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेरमात्र गर्ने, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्नुपर्नेछ।

प्रकाशित: १९ कार्तिक २०८३ ०९:०० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
काठमाडौं महानगरले भन्यो- 'प्लास्टिकजन्य फोहरमैला नबाल्नू'

काठमाडौं महानगरले भन्यो- 'प्लास्टिकजन्य फोहरमैला नबाल्नू'

जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुन सक्ने जोखिम बढ्नसक्ने भन्दै महानगरले प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको हो ।

#काठमाडौं-महानगर #प्रदूषण #प्लास्टिकजन्य
Compare →
Hamro Patro News
1w ago
प्लास्टिकजन्य फोहरमैला नबाल्न काठमाडौं महानगरको आग्रह

प्लास्टिकजन्य फोहरमैला नबाल्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदुषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईक...

#काठमाडौं-महानगर #प्लास्टिकजन्य #फोहरमैला
Compare →
Onlinekhabar
1w ago
वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट …

#काठमाडौं-महानगर #प्रदूषण #प्लास्टिकजन्य
Compare →

Related Stories

Technology
Build #2611