Trending
Prev Story
Next Story

एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रह

Onlinekhabar •
November 05, 2026 • 03:30 AM
1
1 reads 0 reactions

१९ कात्तिक, अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी संरक्षित तथा संवेदनशील वन्यजन्तुसम्बन्धी भ्रामक फोटो तथा भिडियो निर्माण र सामाजिक सञ्जालमा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्लो समय एआई …

एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रह

१९ कात्तिक, अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी संरक्षित तथा संवेदनशील वन्यजन्तुसम्बन्धी भ्रामक फोटो तथा भिडियो निर्माण र सामाजिक सञ्जालमा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

पछिल्लो समय एआई प्रविधिको प्रयोग गरी विभिन्न प्रकारका फोटो तथा भिडियो निर्माण गरेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रम बढ्दै गएको भन्दै कार्यालयले यस्तो प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार विशेषगरी पाटेबाघ, चितुवालगायत संरक्षित तथा संवेदनशील वन्यजन्तुसँग सम्बन्धित वास्तविकताभन्दा फरक र कृत्रिम रूपमा तयार गरिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रसारण भइरहेको जानकारी प्राप्त भएको छ ।

यस्ता कृत्रिम तथा भ्रामक सामग्रीले वन्यजन्तुको वास्तविक अवस्था र व्यवहारबारे गलत धारणा सिर्जना गर्नुका साथै मानव–वन्यजन्तु सहअस्तित्वबारे नकारात्मक सन्देश प्रवाह गर्न सक्छन् । यसले सर्वसाधारणमा अनावश्यक त्राससमेत फैलाउन सक्ने सूचना अधिकारी खड्काले बताए ।

वन्यजन्तुसम्बन्धी गलत सूचना र नकारात्मक सन्देश प्रवाह हुन नदिन यस्ता सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण नगर्न कार्यालयले सबैमा अनुरोध गरेको छ ।

साथै, सामाजिक सञ्जालमा कुनै पनि सामग्री प्रकाशन वा साझा गर्नुअघि त्यसको सत्यता र सम्भावित प्रभावबारे सचेत रहन कार्यालयले आग्रह गरेको छ । वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सम्पूर्ण जिल्लावासीलाई डिभिजन वन कार्यालय अर्घाखाँचीले अपिल गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
एआईले मानिस होइन, मानिसले एआई चलाउन सक्नुपर्छ : विज्ञ

एआईले मानिस होइन, मानिसले एआई चलाउन सक्नुपर्छ : विज्ञ

काठमाडौं । विभिन्न क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने चिन्ताभन्दा यसको सही प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । डिजिटल मिडि...

#एआई
Compare →
Ekantipur
6d ago
एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

डिजिटल मिडिया फाउन्डेसनद्वारा ललितपुरमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए ।

#एआई
Compare →
Nagarik News
6d ago
प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

#एआई
Compare →
Bizshala
1w ago
डेमोक्र्याटको जितपछि एआई कम्पनीका सेयरमा भारी गिरावट

डेमोक्र्याटको जितपछि एआई कम्पनीका सेयरमा भारी गिरावट

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले व्यापक जित हासिल गरेपछि प्रविधि कम्पनीका सेयरमा ठूलो...

#एआई
Compare →

Related Stories

Technology
Build #2611