Trending
Prev Story
Next Story

लेन्समाथि कोमोको कीर्तिमानी जित

Ekantipur •
November 05, 2026 • 01:01 AM
1
1 reads 0 reactions

फेनेबाचेसँग ३–२ ले हारेपछि लिभरपुलको शतप्रतिशत सुरुआत रोकियो भने कोमोले लेन्सलाई आठ गोलको अन्तरले पराजित गर्‍यो।

लेन्समाथि कोमोको कीर्तिमानी जित

फेनेबाचेसँग ३–२ ले हारेपछि लिभरपुलको शतप्रतिशत सुरुआत रोकियो भने कोमोले लेन्सलाई आठ गोलको अन्तरले पराजित गर्‍यो।

काठमाडौँ — लिभरपुल युरोपेली च्याम्पियन्स लिगमा बुधबार फेनेबाचेसँग ३–२ ले पराजित भएको छ र यससँगै उसको शतप्रतिशत सुरुआतमा पूर्ण विराम लागेको छ । कोमो भने प्रतियोगिताकै इतिहासमा सर्वाधिक ठूलो अन्तरको जित बराबरी गर्न सफल रह्यो ।

रियल म्याड्रिड भने एक अर्को पुर्नआगमन रच्दै एईके एथेन्सलाई ३–२ ले हराउन सफल रह्यो । कोमोले भने लेन्सलाई फ्रान्समा ९–१ ले हराएको हो । सन् १९९२ यता कुनै टिमले आठ गोलको अन्तरले हराएको यो नै पहिलो पटक हो ।

कोमोका लागि ग्रिक खेलाडी अनास्टासिस डोभिकासले ह्याट्रिक गरे । जोसे मोउरिन्होको रियलका लागि फेडरिको भाल्भेरडेले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे । इंग्लिस प्रिमियर लिग क्लबमध्ये म्यानचेस्टर सिटीले आरबी लाइपजिगलाई ३–२ र आर्सनलले स्लाभिया प्रागलाई २–१ ले पराजित गर्न सफल रहे ।

अन्य खेलमा बोरुसिया डर्टमुन्डले रियल बेटिसलाई २–१, एफसी पोर्टोले नेपोलीलाई ४–१, क्लब ब्रुगले पीएसभी आयनहोभनलाई २–१ र भाइकिङले सबाहलाई ४–१ ले हरायो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
युरोपेली च्याम्पियन्स लिगमा लेन्समाथि कोमोको कीर्तिमानी जित

युरोपेली च्याम्पियन्स लिगमा लेन्समाथि कोमोको कीर्तिमानी जित

काठमाडौं । लिभरपुल युरोपेली च्याम्पियन्स लिगमा बुधबार फेनेबाचेसँग ३–२ ले पराजित भएको छ र यससँगै उसको शतप्रतिशत सुरुआतमा पूर्ण विराम लागेको छ । कोमो भने प्रतियोगिताकै इतिहासमा सर्वाधिक ठूलो अन्तरको ...

#कोमो #अन्तर #लेन्समाथि
Compare →
Onlinekhabar
1w ago
च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

१९ कात्तिक, काठमाडौं । इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो । बुधबार राति …

#कोमो
Compare →
Arthasansar
3w ago
कोमोसँग युनाइटेडको लज्जास्पद हार

कोमोसँग युनाइटेडको लज्जास्पद हार

कोमोसँग ४–१ को लज्जास्पद हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माइकल क्यारिकमाथि दबाब बढेको छ। युरोपेली फुटबलमा युनाइटेडका लागि यो हार...

#कोमो
Compare →

Related Stories

Sports
Build #2611