Trending
Prev Story
Next Story

इनम र उच्चपदस्थको सम्बन्धबारे छानबिन गर्न कांग्रेसको माग, पार्टीमाथिको आरोपमा प्रतिवाद

Ekantipur •
November 04, 2026 • 06:32 PM
1
1 reads 0 reactions

नेतृत्वलाई बदनाम गर्न सरकारले किस्ता–किस्तामा आरोप ल्यायो, कानुनी लडाइँका लागि पनि तयार छौं : वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा

इनम र उच्चपदस्थको सम्बन्धबारे छानबिन गर्न कांग्रेसको माग, पार्टीमाथिको आरोपमा प्रतिवाद

नेतृत्वलाई बदनाम गर्न सरकारले किस्ता–किस्तामा आरोप ल्यायो, कानुनी लडाइँका लागि पनि तयार छौं : वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा

कांग्रेसले ‘इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम जोडिएर सार्वजनिक भएका घटनाको अनुसन्धान हुनुपर्ने माग गरेको छ । कांग्रेसको वैधानिकतामाथि प्रश्न उठाउने गरी बिचौलियासँग जोडेर आर्थिक लेनदेन भएको प्रचारलाई प्रतिपक्षको आवाज दबाउने उद्देश्यबाट बालुवाटारले षड्यन्त्र गरेको र त्यसको राजनीतिक तथा कानुनी दुवै रूपमा प्रतिवाद गर्ने निर्णयसमेत पार्टीले गरेको छ ।

बुधबार बसेको कांग्रेसको पदाधिकारी बैठकले सभापति गगन थापासहित पार्टी नेतृत्वलाई बिचौलियासँग जोडेर बदनाम गर्न खोजिएको निष्कर्ष निकाल्दै कांग्रेसले कानुनी उपचारमा समेत जाने निर्णय लिएको हो । बैठकको निर्णय सार्वजनिक गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा उठाइएका प्रश्न र सार्वजनिक भएका तथाकथित अडियो बयानलाई आधारहीन, कपोलकल्पित र नियोजित बताए । ‘कांग्रेसको वैधानिकताका सवालमा पार्टी र हाम्रो नेतृत्वविरुद्ध लगाइएका आरोप, तथाकथित अडियो बयान र प्रचारहरू निराधार, कपोलकल्पित र नियोजित छन्,’ शर्माले भने, ‘यस्ता षड्यन्त्रका पछाडिको उद्देश्य, बदनियत र संलग्न पात्रहरू समयक्रममा थप उजागर हुँदै जानेछन् ।’

पार्टीको आधिकारिकता लिन १८ करोड रुपैयाँ लेनदेन भएको भन्ने आरोपको खण्डन गर्दै कांग्रेसले सबै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान हुनुपर्ने माग गरेको छ । ‘कांग्रेस आफूमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न र जस्तोसुकै छानबिनका लागि तयार छ । षड्यन्त्र चिर्न सक्षम छ,’ शर्माले भने, ‘यस प्रसंगमा जति पनि घटना भएका छन्, सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान हुनुपर्छ ।’

पार्टी नेतृत्वलाई विवादमा तान्ने गरी पछिल्लो समय सार्वजनिक भएका आरोप र प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका अभिव्यक्तिलाई कांग्रेसले प्रतिपक्षको आवाज दबाउन बालुवाटारले गरेको नियोजित षड्यन्त्र भनेको छ । गत आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले सरकारका पछिल्ला घटनाक्रममा पार्टी अब चुप लागेर नबस्ने बताएका थिए । बिचौलियासँग जोडिएका प्रकरणसहित विभिन्न घटनाको गहिरो अनुसन्धान हुनुपर्ने थापाले माग गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री शाहले आइतबार राति सामाजिक सञ्जालमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए । त्यसपछि थापाले पनि सामाजिक सञ्जालमा ‘अहिले ठीक १८ बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन’ लेखेका थिए । पार्टीको आधिकारिकता लिन १८ करोड रुपैयाँ लेनदेन भएको भन्ने आरोपतर्फ लक्षित उनको उक्त अभिव्यक्तिलाई प्रधानमन्त्रीको स्टाटसको जवाफका रूपमा लिइएको छ ।

बुधबारको पदाधिकारी बैठकले यिनै घटनाक्रमलाई गम्भीर रूपमा लिँदै राजनीतिक र कानुनी प्रतिवाद गर्ने, कानुनी प्रक्रियाका लागि उपसभापति भुसालको नेतृत्वमा परामर्श अघि बढाउने र संसद्मा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा पहलकदमी लिने निर्णय भएको शर्माले जानकारी दिए । पुस २०८२ मा विधानअनुसार सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अद्यावधिक गरेको र सर्वोच्च अदालतबाट समेत वैधानिकता ठहर भइसकेको अवस्थामा लेनदेनको विषय जोडेर लगाइएको आरोपले न्यायालयको समेत अपहेलना भएको कांग्रेसको भनाइ छ । ‘नेपालको संविधान, प्रचलित कानुन र विधानअनुसार लोकतान्त्रिक प्रक्रियाबाट भएको महाधिवेशनमाथि गरिएको शृंखलाबद्ध षड्यन्त्रले कांग्रेसका आम सदस्य र लाखौं शुभेच्छुकको मानमर्दन गर्ने काम भएको छ,’ शर्माले भने, ‘यसले सम्मानित अदालतको समेत अपहेलना भएको छ ।’

शर्माले सञ्चारमाध्यममाथि दबाब र असुरक्षाको वातावरण सिर्जना हुनु लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको बताए । सञ्चारकर्मीमाथि भएका घटनामा मिडिया हाउसले पर्याप्त चासो नदेखाएकोप्रति शर्माले प्रश्न गरेका छन् । उनले सञ्चारमाध्यममाथि हुने हस्तक्षेप र पत्रकार सुरक्षाको विषय कुनै एउटा सञ्चारगृहको सरोकार मात्रै नभएको बताए । प्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने उनको तर्क थियो ।

‘लोकतन्त्रमा मिडिया कमजोर भयो भने साँचो अर्थमा लोकतन्त्र रहँदैन । कुनै देशमा लोकतन्त्र छ वा छैन भन्ने कुराको सबैभन्दा बलियो आधार प्रेसले निर्भयपूर्वक लेख्न र बोल्न पाइरहेको छ कि छैन भन्ने हो,’ शर्माले भने, ‘नेपालमा बनेको संविधान र गणतन्त्रको व्यवस्था स्थापना गर्न राजनीतिक दलहरूभन्दा सबैभन्दा अग्रपंक्तिमा मिडिया लडेको छ । हामी मिडिया हाउसमा पसेर पत्रकार पक्राउ गर्ने घटनाप्रति गम्भीर छौं ।’ यस्तै, प्रहरीले लिएको

इनम सापकोटाको मोबाइल प्रहरी अनुसन्धानमा जानु अगाडि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले नियन्त्रणमा लिएको भनी सार्वजनिक भएको विषयलाई कांग्रेसले गम्भीर घटना भनेको छ ।

महामन्त्री प्रदीप पौडेलले पनि छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र नेतृत्वविरुद्ध कृत्रिम भाष्य निर्माण गरिएको आरोप लगाएका छन् । उनले पार्टीको वैधानिकता, तथाकथित अडियो बयान र अन्य प्रचारलाई प्रतिपक्षको प्रश्न तथा आवाज दबाउने उद्देश्यले गरिएको सुनियोजित प्रयास भनेका छन् । ‘यस्ता आधारहीन तथा कपोलकल्पित विषयहरू कांग्रेस र कांग्रेसको नेतृत्वविरुद्ध रचेको कृत्रिम भाष्य प्रतिपक्षको प्रश्न र आवाजलाई दबाबमा राख्न सकिन्छ कि भन्ने सोच र षड्यन्त्रका साथ निर्मित भएका हुन् भन्नेमा हामी प्रस्ट छौं,’ पौडेलले विज्ञप्तिमा भनेका छन् । विशेष महाधिवेशन र त्यसपछिको नियमित महाधिवेशनबाट पार्टीको वैधानिकता स्थापित भइसकेको उल्लेख गर्दै नेतृत्वविरुद्धका आरोपलाई राजनीतिक र कानुनी दुवै ढंगले सामना गर्ने उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
सरकार कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको छ : प्रदीप पौडेल

सरकार कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको छ : प्रदीप पौडेल

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप गरी गुटबन्दी बढाउन र पार्टी नेतृत्व कमजोर बनाउ...

#कांग्रेस #नेतृत्व
Compare →
Nagarik News
5h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →
Onlinekhabar
9h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस
Compare →
Bizshala
3d ago
हुआङमाथिको छानबिनले उजागर गर्‍यो एआई साम्राज्यको लुकेको जोखिम

हुआङमाथिको छानबिनले उजागर गर्‍यो एआई साम्राज्यको लुकेको जोखिम

काठमाण्डौ । सन् १९९३ मा एनभिडिया स्थापना भएदेखि जेन्सेन हुआङले नै यसको नेतृत्व गर्दै आएका छन् । ग्राफिक्स चिप बनाउने...

#नेतृत्व #छानबिन
Compare →

Related Stories

Politics & Governance
Build #2611