बुधबार साँझ वार्ताका लागि त्रिवि शिक्षण अस्पताल पुगेको टोलीलाई डा. केसीले प्रधानमन्त्री वा शिक्षामन्त्रीसँग मात्र वार्ता गर्ने सन्देश दिँदै फिर्ता पठाइदिएका छन् ।
काठमाडौं — डा. गोविन्द केसीले सरकारद्वारा गठित वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन् । केसीको सहयोगीहरूले प्रेस नोट जारी गर्दै यस्तो सन्देश दिएका हुन् ।
प्रेस नोटमा भनिएको छ, 'शिक्षामन्त्री वा प्रधानमन्त्री (१९ साउन २०८३ को सहमतिमा दुई जना सचिवले हस्ताक्षर गर्दा पनि त्यसलाई अपनत्व लिएर कार्यान्वयन गर्ने प्रक्रिया अगाडि नबढेकोले अगाडि भएको तथा अहिले हुने सहमतिको कार्यान्वयन गर्ने अख्तियारी पाएको राजनीतिक तहको नेतृत्वमा गठन हुने टोलीसँग) सँग मात्रा वार्ता गर्ने र वार्ताको पूर्वसर्त भनेको योभन्दा अघिल्लो सत्याग्रहको क्रममा भएको सहमति कार्यान्वयन हुनपर्ने हो ।'
तत्कालीन शिक्षा सचिव र स्वास्थ्य सचिवसँग ११ साउनमा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल आएको टोलीलाई डा. केसीले यही सन्देश दिँदै फिर्ता पठाइदिएका छन् । शिक्षामन्त्री सस्मित पोखरेलले उच्च शिक्षा महाशाखाका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा बुधबार ४ सदस्यीय टोली गठन गरी वार्तामा पठाएको थियो ।