काठमाडाैँ। इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा कुनै धाँधली नभएको जनाएको छ। आयोगको यो निष्कर्षले निर्वाचन परिणामलाई अमान्य वा शङ्कास्पद देखाउने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको प्रयासलाई धक्का दिएको छ।
नेतान्याहु र उनका समर्थकहरूले अरब नेतृत्वका दलहरूले सम्भवतः विदेशी सहयोगमा निर्वाचनमा धाँधली गरेको र जनमत प्रभावित पारेको आरोप लगाउँदै आएका थिए। यद्यपि, उनीहरूले लगाएका आरोपको कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )