Trending
Prev Story
Next Story

अमेरिकामा मध्यावधि निर्वाचन : ट्रम्पको अन्तिम २ वर्षको कार्यकालमा संसद्‍मा कसको पकड होला ?

Ekantipur •
November 04, 2026 • 02:31 AM
1
1 reads 0 reactions

प्रतिनिधिसभा र सिनेटका कडा प्रतिस्पर्धाले ट्रम्पको पकड, डेमोक्रेटिक पार्टीको पुनरागमन र सन् २०२८ को दौडबारे संकेत गर्नेछ।

अमेरिकामा मध्यावधि निर्वाचन : ट्रम्पको अन्तिम २ वर्षको कार्यकालमा संसद्‍मा कसको पकड होला ?

प्रतिनिधिसभा र सिनेटका कडा प्रतिस्पर्धाले ट्रम्पको पकड, डेमोक्रेटिक पार्टीको पुनरागमन र सन् २०२८ को दौडबारे संकेत गर्नेछ।

वासिङ्टन — अमेरिकीहरूले मंगलबार मध्यावधि निर्वाचनमा मतदान गरेका छन् । यस निर्वाचनले राष्ट्रपति डोनल्ड ट्रम्पको अन्तिम दुई वर्षको कार्यकालमा अमेरिकी संसद्को नियन्त्रण कसको हातमा रहने भन्ने स्पष्ट गर्नेछ ।

ट्रम्प दोस्रो पटक राष्ट्रपति चुनिएपछि अमेरिकीहरूले पहिलो पटक मतदान गरेका हुन् । त्यही कारण, यस निर्वाचनमा ट्रम्प उम्मेदवार नभए पनि उनको पार्टीको लोकप्रियता परीक्षण हुनेछ । मूल्यवृद्धिले दैनिक जीवनमा निम्त्याएको कठिनाइ तथा इरानसँगको युद्धलाई हेर्ने अमेरिकी जनताको दृष्टिकोण पनि मतपरिणामले उजागर गर्नेछ ।

यो नतिजाले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनअघि कुन–कुन मुद्दा र नीतिहरूले मतदातालाई सबैभन्दा बढी आकर्षित गर्छन् भन्ने विषयमा दुवै दलभित्रको बहसलाई नयाँ रूप दिन सक्छ । अहिले संसद्मा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको झिनो बहुमत छ । तल्लो सदन (प्रतिनिधिसभामा २१८–२१४ र माथिल्लो सदन सिनेटमा ५३–४७) मा रिपब्लिकन पार्टी अघि छ ।

विपक्षी डेमोक्रेटिक पार्टीले यो अवस्थालाई उल्ट्याउन गत निर्वाचनको दाँजोमा प्रतिनिधिसभा र सिनेट दुवैमा कम्तीमा ४–४ सिट आवश्यक छ । अधिकांश सर्वेक्षणले प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले बहुमत ल्याउने देखाएका छन् । तर, सिनेटको प्रतिस्पर्धा भने रोचक हुने प्रक्षेफण गरेका छन् ।

यदि एक वा दुवै सदनमा डेमोत्रेट्सले जित हासिल गरेमा ट्रम्पलाई अप्ठ्यारो पर्नेछ । डेमोक्रेट्सहरूले ट्रम्प प्रशासनको नैतिकता, सीमा सुरक्षा/अध्यागमन कडाइ र इरान युद्ध सञ्चालनका विषयमा छानबिन सुरु गर्ने संकेत गरेका छन् । रिपब्लिकनहरूकै बहुमत कायम रहेमा ट्रम्पको पकड थप बलियो हुनेछ । अर्कोतर्फ, भारी पराजय व्यहोर्नुपरेमा भन्सार महसुल (ट्यारिफ) र युद्ध जस्ता अप्रिय नीतिहरूमा पुनर्विचार गर्न दबाब बढ्नेछ ।

ट्रम्पको उत्तराधिकारी बन्न प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूको एजेन्डालाई पनि यस निर्वाचनको नतिजाले आकार दिनेछ । रिपब्लिकनको नियन्त्रणमा रहेका फ्लोरिडा र भर्जिनियाका प्रतिनिधिसभा सिटहरूबाट आउने प्रारम्भिक नतिजाले आगामी संसद्मा डेमोक्रेटिक पार्टीको आकार कस्तो हुनेछ भन्ने संकेत दिनेछ ।

सिनेटको कडा प्रतिस्पर्धा मुख्यतया ६ देखि ८ वटा सिटहरूमा टिकेको छ । सिनेटमा आफ्नो पकड बनाउनका लागि डेमोक्रेटिक पार्टीले ओहायो, आयोवा, अलास्का र टेक्सासजस्ता राज्यहरूमा रिपब्लिकनको सिट खोस्नुपर्ने हुन्छ । सन् २०२४ को चुनावमा ट्रम्पले यी राज्यहरूमा भारी मतान्तरले जितेका थिए । रिपब्लिकनले कंग्रेसको नियन्त्रण गुमाएमा ट्रम्पले कस्तो प्रतिक्रिया दिनेछन् भन्नेमा सबैको ध्यान केन्द्रित छ । ४ नोभेम्बर २०२० को बिहान मतगणना नसकिँदै ट्रम्पले आफू विजयी भएको घोषणा गरेका थिए । उनले मतगणना रोक्न आह्वानसमेत गरेका थिए ।

तर, उक्त चुनावमा उनी जो बाइडेनसँग पराजित भए । त्यसपछि उनले चुनाव चोरी भएको आरोप लगाए । चुनावी नतिजाप्रति असन्तुष्ट केही उच्छृङ्खल ट्रम्प समर्थकले ६ जनवरी २०२१ मा क्यापिटल  हिल (संसद् भवन) मा आक्रमण गरेका थिए ।

ट्रम्पले अझै पनि २०२० को चुनाव आफैंले जितेको दाबी गर्दै आएका छन् । त्यतिबेला, भोट चोरेर बाइडेनले आफूलाई विजेता घोषणा गरेको उनको तर्क छ । उनले यस मध्यावधि निर्वाचनको निष्पक्षतामाथि पनि चुनावअगावै प्रश्न उठाएका छन् । ट्रम्प प्रशासनले राज्यहरूसँग मतदाताको विवरण मागेको छ र गैरनागरिकसमेत मतदानमा सहभागी हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ । यस पटकको चुनावमा पनि दुवै दलका मूल समर्थकहरूको समर्थन नै निर्णायक हुनेछ । चुनावअघिका सर्वेक्षणहरूमा रिपब्लिकनको तुलनामा डेमोक्रेटिक समर्थकहरू मतदानका लागि बढी उत्साहित देखिएका थिए । तर, युवा, अश्वेत र हिस्पानिक मतदाताहरू राष्ट्रपतीय निर्वाचनको तुलनामा संसदीय निर्वाचनमा कम संख्यामा सहभागी हुने गरेको अमेरिकाको इतिहास छ ।

यी समूहहरू यस पटक बढ्दो मूल्यवृद्धिले चिन्तित छन् । दुवै पार्टीप्रति उनीहरूलाई खासै आशा छैन । प्रारम्भिक मतदान (अर्ली भोटिङ) को तथ्यांकमा डेमोक्रेटिक समर्थकहरूको उत्साह उच्च देखिन्छ । तर, रिपब्लिकनहरूले आफ्ना समर्थकहरूले चुनावकै दिन (इलेक्सन डे) मा मतदान बुथमै मत खसाल्ने दाबी गरिरहेका छन् ।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा पराजय व्यहोरेपछि डेमोक्रेटिक पार्टीका नेताहरू पपुलिस्ट आर्थिक नीति ल्याउने वा मध्यमार्गी बाटो अपनाउने भन्ने विषयमा दुई पक्षमा बाँडिएका छन् । मंगलबारको निर्वाचनमा दुवै पक्षका उम्मेदवारको प्रदर्शनले उनीहरूको आगामी नीतिको परीक्षण गर्नेछ । यसले २०२८ को राष्ट्रपतीय मनोनयनका लागि पार्टीभित्रको प्रतिस्पर्धालाई झन् तीव्र र रोचक बनाउनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको पार्टी रिपब्लिकनले मध्यावधि निर्वाचनमा मतदाताले दिएको अप्रत्याशित धक्काको जवाफमा थप कडा हुने संकेत गरेका छन्।

#ट्रम्प #निर्वाचन #मध्यावधि
Compare →
Onlinekhabar
13h ago
उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

२७ कात्तिक, वासिङ्टन (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक …

#ट्रम्प
Compare →
Arthasansar
16h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Nagarik News
18h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2611