Trending
Prev Story
Next Story

पूर्वन्यायाधीश फोरमको माग : न्यायपालिकाको पुनःसंरचना र न्यायाधीशको पुनर्नियुक्तिबारे छलफल गरौं

Ekantipur •
November 04, 2026 • 12:32 PM
1
1 reads 0 reactions

पूर्वन्यायाधीश फोरमको माग : न्यायपालिकाको पुनःसंरचना र न्यायाधीशको पुनर्नियुक्तिबारे छलफल गरौं

पूर्वन्यायाधीश फोरमको माग : न्यायपालिकाको पुनःसंरचना र न्यायाधीशको पुनर्नियुक्तिबारे छलफल गरौं

पूर्वन्यायाधीश फोरमको माग : न्यायपालिकाको पुनःसंरचना र न्यायाधीशको पुनर्नियुक्तिबारे छलफल गरौं

काठमाडौँ — पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालतका केही न्यायाधीशको न्यायिक आचरणमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन गर्न र न्यायपालिकाको आमूल सुधारका लागि पुनःसंरचना तथा न्यायाधीशहरूको पुनर्नियुक्तिबारे छलफल अघि बढाउन माग गरेको छ ।

फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा न्यायाधीशहरूको आचरणमाथि उठेका विवादलाई संवैधानिक तथा कानुनी प्रक्रियाबाट निरूपण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक विवरण तथा सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) को निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै फोरमले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमामाथि प्रश्न उठ्ने गतिविधि दुःखद भएको जनाएको छ ।

विवादमा परेका न्यायाधीशमाथिका आरोपको सत्यतथ्य पत्ता लगाउन आवश्यक परे विज्ञहरूसँग परामर्श गरी छानबिन गर्नुपर्ने फोरमको माग छ । संविधान र कानुन उल्लंघन, कार्यक्षमताको अभाव तथा आचारसंहिताको गम्भीर उल्लंघन भए–नभएको तथ्यगत प्रमाणका आधारमा निर्क्योल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

फोरमले न्यायाधीश नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप र भागबन्डाप्रति पनि प्रश्न उठाएको छ । संविधानको मर्मविपरीत आफूअनुकूलका व्यक्तिलाई प्रधानन्यायाधीश वा न्यायाधीश बनाउने, आफूअनुकूल फैसला अपेक्षा गर्ने तथा वरिष्ठताको परम्परा तोडेर अपारदर्शी ढंगले नियुक्ति गर्ने प्रवृत्तिले न्यायपालिकालाई कमजोर बनाएको उसको ठहर छ ।

त्यस्तै, न्यायिक नेतृत्वमा नियन्त्रण र व्यवस्थापन क्षमता नदेखिएको तथा अदालतका आदेश र फैसलालाई विधिशास्त्रीय आधारभन्दा राजनीतिक दृष्टिकोणबाट हेर्ने प्रवृत्ति बढेको भन्दै फोरमले चिन्ता व्यक्त गरेको छ । न्यायपालिकाभित्रका विकृति, विसंगति र भ्रष्टाचारजन्य गतिविधिमा शून्य सहनशीलता अपनाउन तथा न्यायाधीशलाई आफ्नो काम र व्यवहारप्रति जवाफदेही बनाउनुपर्नेमा पनि जोड दिएको छ ।

फोरमले अनुसन्धानका क्रममा संकलित सबुद प्रमाण कानुनी प्रक्रियाविपरीत सार्वजनिक गर्दा अनुसन्धान र सुनुवाइ प्रभावित हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । न्यायपालिकाको गरिमा र जनआस्था कायम राख्न न्यायाधीश, राजनीतिक दल र सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
बोलिभियाका लागुऔषध तस्करीको आशंकामा पूर्वन्यायाधीश पक्राउ

बोलिभियाका लागुऔषध तस्करीको आशंकामा पूर्वन्यायाधीश पक्राउ

काठमाडौं– बोलिभियाली अधिकारीहरूले लागुऔषध तस्करीमा संलग्न रहेको आशंकामा एक पूर्ववरिष्ठ न्यायाधीशलाई पक्राउ गरेका छन् । ल्याटिन अमेरिकी क्षेत्रमा लागुऔषध तस्करी गर्ने गिरोहसँग सम्बन्ध रहेको आशंका गर...

#पूर्वन्यायाधीश #न्यायाधीश
Compare →

Related Stories

Technology
Build #2611