Trending
Prev Story
Next Story

आइजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न

Onlinekhabar •
November 04, 2026 • 12:30 PM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा …

आइजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न

१८ कात्तिक, काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा गृहमन्त्री गुरुङले प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै नागरिक र प्रहरीबीचको दूरी घटाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘नागरिकसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा विशेष ध्यान दिनुहोला। नागरिक र प्रहरीबीचको ग्याप अब रहनु हुँदैन। दूरी कम हुँदै गएको छ, यसलाई अझै घटाउँदै लैजानुपर्छ।’

गृहमन्त्री गुरुङले सकारात्मक कामका लागि गृह मन्त्रालय सधैँ प्रहरी संगठनको साथमा रहने प्रतिबद्धता व्यक्त गरे। प्रहरीलाई काम गर्ने क्रममा कुनै कठिनाइ भए मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

उनले प्रहरी संगठनलाई अझै बलियो, व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै विशेषगरी फिल्डमा खटिने प्रहरी जवानहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न

गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न

विगतमा गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने परम्परा रहेकामा यसपटक गृहमन्त्री आफैंले लगाइदिएका हुन् ।

#गृहमन्त्री #दर्ज्यानी #चिह्न
Compare →
Hamro Patro News
1w ago
गृहमन्त्री गुरुङद्वारा प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

गृहमन्त्री गुरुङद्वारा प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरु...

#गृहमन्त्री #दर्ज्यानी #चिह्न
Compare →
Nagarik News
1w ago
नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न

नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दज्र्यानी चिह्न (फुली) प्रदान गरिएको छ।

#गृहमन्त्री #चिह्न #दर्ज्यानी
Compare →

Related Stories

National (Nepal)
Build #2611