Trending
Prev Story
Next Story

पत्रकारलाई विश्वप्रकाशको प्रश्न- तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

Onlinekhabar •
November 04, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय पत्रकारहरू असुरक्षित भइरहेको भन्दै सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न उठाएका छन् । पत्रकारहरूले प्रतिपक्षी दलको कार्यालयमा पुगेर प्रश्न गरिरहँदा उनीहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गरेको बताउँदै …

पत्रकारलाई विश्वप्रकाशको प्रश्न- तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय पत्रकारहरू असुरक्षित भइरहेको भन्दै सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न उठाएका छन् ।

पत्रकारहरूले प्रतिपक्षी दलको कार्यालयमा पुगेर प्रश्न गरिरहँदा उनीहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गरेको बताउँदै शर्माले पत्रकारहरू आफैँ सुरक्षित छन् कि छैनन् भनेर प्रश्न गरेका छन् ।

‘प्रतिपक्षीकै कार्यालयमा गएर नै सही, बुम अगाडि तेस्र्याउँदै गर्दा पत्रकार साथीहरूको हातमा कहीँ न कहीँ कालोपट्टी होला भन्ने मलाई अनुमान लागेको थियो,’ शर्माले सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने ।

पत्रकारहरू आफ्नो विमति खरो रूपमा राखिरहेको अपेक्षा गरेको उल्लेख गर्दै उनले प्रतिपक्षी दलको कार्यालयदेखि सिंहदरबार र बालुवाटारसम्म पुगेर प्रधानमन्त्रीकै अगाडि पनि पत्रकारहरूले आफ्ना असहमति र असन्तुष्टि अभिव्यक्त गर्न सक्नुपर्ने बताए ।

‘मैले तपाईंहरू कसैको हातमा कालोपट्टी देखिनँ । त्यसैले तपाईंहरूलाई सोध्न चाहन्छु, सबैभन्दा पहिले– तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?’ उपसभापति शर्माले पत्रकारहरूलाई प्रश्न गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
विश्वप्रकाशको प्रश्न– के तथ्य मेटाउन प्रहरीले कब्जा गरेको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारकहाँ पुग्यो?

विश्वप्रकाशको प्रश्न– के तथ्य मेटाउन प्रहरीले कब्जा गरेको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारकहाँ पुग्यो?

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विचौलिया भनिएका इनम सापकोटाको प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनकहाँ कसरी पुग्यो भन्दै प्रश्न गरे...

#शर्मा #विश्वप्रकाश
Compare →
Nagarik News
6d ago
विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत

विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत

शर्माले महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र योगदानबाट पार्टीको महाधिवेशन प्रक्रिया सम्पन्न भएको उल्लेख गरे।

#शर्मा #विश्वप्रकाश
Compare →
Ekantipur
1w ago
छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

महासंघ केन्द्रीय समितिको उपलब्ध सदस्यहरुको शुक्रबार बसेको बैठकले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश, पत्रकारको श्रम अधिकार र लोककल्याणकारी विज्ञापन कटौतीलगायतका विषयमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

#पत्रकार
Compare →

Related Stories

Politics & Governance
Build #2611