Trending
Prev Story
Next Story

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसी पुगे गृह मन्त्रालय

Nagarik News •
November 04, 2026 • 10:57 AM
1
1 reads 0 reactions

मन्त्रिपरिषद् बैठकबाट प्रहरी नेतृत्वमा नियुक्त भएलगत्तै उनी बुधबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका हुन्। गृह मन्त्रालयमा उनलाई गृह सचिव तथा उच्च सुरक्षा अधिकारीहरूले स्वागत गरेका छन्।

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसी पुगे गृह मन्त्रालय

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी गृह मन्त्रालय पुगेका छन्।

मन्त्रिपरिषद् बैठकबाट प्रहरी नेतृत्वमा नियुक्त भएलगत्तै उनी बुधबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका हुन्। गृह मन्त्रालयमा उनलाई गृह सचिव तथा उच्च सुरक्षा अधिकारीहरूले स्वागत गरेका छन्।

गृह मन्त्रालयमा आईजीपी डा. केसीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिने र मन्त्रालयका तर्फबाट आवश्यक निर्देशन दिने तयारी छ। गृह मन्त्रालयको कार्यक्रमपछि उनी नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।

यसअघि बुधबार नै बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा पदस्थापन गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी) डा. केसीलाई संगठनको ३४औं प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १८ कार्तिक २०८३ १६:४२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गर...

#उनी #नवनियुक्त
Compare →
Onlinekhabar
9h ago
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र …

#केसी
Compare →

Related Stories

Technology
Build #2611